५ आसार २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले आफ्ना नगरका अति बिपन्न दलित परिवारलाई पानी छान्ने वायोस्याण्ड फिल्टर वितरण गरेको छ । नगर प्रमुख कालुमान लामाले आज वडा नम्बर १० का बिपन्न परिवारका दलित समुदायलाई फिल्टर हस्तान्तरण गरेका छन् । वडा नम्बर १० लौवागढीका दलित मेख बहादुर परियारको घरमै पुगेका नगर प्रमुख लामाले फिल्टर हस्तान्तरण गरेका हुन् । फिल्टर हस्तान्तरण गर्दै नगर प्रमुख लामाले शुद्धपानी पिउन बाट आफ्ना नागरिक बन्चित नहुन भन्ने उद्देश्यले फिल्टर वितरण गरिएकोे बताएका थिए ।
चौदण्डीगढी नगरपालिकाले ४ लाख ७३ हजार रकम बिनियोजन गरेर नगरको १० बटै वडाका अति बिपन्न दलित समुदायका ९६ घर परिवारलाई पानी छान्ने फिल्टर वितरण गर्ने कार्यक्रम रहेको दलित अगुवा एवं एमाले उदयपुर जिल्ला सदस्य भिम परियारले जानकारी दिएका छन् । हडियास्थित बायोस्याण्ड फिल्टर उद्योधले निमार्ण गरेको पानी छान्ने फिल्टर वितरण गरिएको हो ।
