५ आसार २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु भएको छ । जिल्ला ह्याण्डवल संघ उदयपुरको आयोजनामा ओलम्पिक डे को अवसरमा आजदेखी असार ७ गतेसम्म बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा त्रि दिवशीय छात्र र छात्राको बिद्यालय स्तरीय चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुको ह्याण्डवल प्रतियोगिता शुरु भएको हो । १० छात्र र ८ छात्रा गरी १८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य राजन किराँती बासुले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन छात्रतर्फ ७ वटा र छात्रातर्फ २ वटा गरी ९ वटा खेलहरु भएका छन् । छात्रतर्फ पुमा बोडिङ्ग स्कुल बेल्टारले भुपु सैनिक स्कुल बेल्टारलाई ४–२ गोल अन्तरले र ज्योत मावी बेल्टारलाई ६–३ गोल अन्तरले पराजित गर्दै ४ अंक जोडेको छ । यस्तै सगरमाथा बोडिङ्ग स्कुलले पारुहाङ्ग एकेडेमी बेल्टारलाई हराएर २ अंक जोडेकोछ भने नारद आदर्श मावी बसहाले जनता मावी हडियालाई ६–३ ले पराजित गर्दै २ अंक जोडेको छ । त्यस्तै भुपु सैनिक बेल्टारले न्युटन बोडिङ्ग स्कुल माडिबासलाई ६–१ गोल अन्तरले पराजित गर्दै २ अंक जोडेको छ । यस्तै पारुहाङ्ग एकेडेमीले मेरीगोल्ड एकेडेमी भुल्केलाई २–० गोल अन्तरले पराजित गर्दै २ अंक जोडेको छ । एता कंचनजंघा बोडिङ्ग स्कुल बेल्टारसंग १–१ गोलको बराबरी खेलेको न्युटनको भने १–१ अंक रहेको छ । छात्रातर्फ भने सगरमाथा बोडिङ्ग स्कुल बेल्टारले पुमा बोडिङ्ग स्कुल बेल्टारलाई १–० ले पराजित गर्दै २ अंक तथा भुपु सैनिक बोडिङ्ग स्ुकल बेल्टारले ज्योति मावी बेल्टारलाई २–० ले पराजित गर्दै २ अंक जोडेको छ । भोली छात्रतर्फ पहिलो खेल पारुहाङ्ग र जनता मावी हडिया तथा छात्रातर्फ पहिलो खेल कंचनजंघा र भुपु सैनिकबीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा खेल राउण्ड रोविनको आधारमा खेलाइएको जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष विदुर राईले जानकारी दिएका छन् ।
प्रतियोगितामा छात्रतर्फ पुमा बोडिङ्ग स्कुल बेल्टार, भुपु सैनिक बोडिङ्ग स्कुल बेल्टार, कंचनजंघा बोडिङ्ग स्कुल बेल्टार, न्युटन एकेडेमी माडिबास, ज्योति मावी बेल्टार, त्यस्तै पारुहाङ्ग एकेडेमी बेल्टार, मेरीगोल्ड एकेडेमी भुल्के, नारद आदर्श मावी बसहा, जनता मावि हडिया र सगरमाथा बोडिङ्ग स्कुल बेल्टार गरी १० टिमको सहभागिता रहेको छ भने छात्रातर्फ न्युटन एकेडेमी माडिबास र पारुहाङ्ग एकेडेमी बेल्टार बाहेक बाँकी ८ वटा बिद्यालय सहभागी छन् । छात्र तथा छात्रातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार र ३ हजार रुपैयाँ, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमा बेल्टार बजारमा रहेर ह्याण्डबलको प्रवद्र्धनमा लामो समयदेखी कार्यरत प्रशिक्षक पर्वत गुरुङलाई सम्मानसमेत गरिएको थियो ।