बेल्टारमा जारी फुटसल प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा ।

८ आसार २०८१, सन्तोष कुमार रौनियार…

स–शस्त्र प्रहरी बेस क्याम्प बेल्टारको आयोजनामा शनिवारदेखी शुरु भएको दुई दिवसीय फुटसल प्रतियोगिताको सेमी फाईनल समिकरण पुरा भएको छ । लागु औषध दूरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण खेलमा सहभागी आठ टिममध्ये आ आफ्नो खेल जित्दै क्लिन एण्ड ग्रीन बेल्टार, बसहा क्लब, युनाईटेड युथ क्लब बेल्टार र चौदण्डीगढी नगरपालिकाको टिम सेमिफाईनलमा प्रबेश गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बेल्टारको फुटसल मैदानमा शनिवार भएको पहिलो खेलमा क्लिन एण्ड ग्रीन बेल्टारको टिमले ईलाका प्रहरी कार्यालय बेल्टारको टिमलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो । यस्तै शनिवार नै भएको दोश्रो खेलमा बसहा क्लबले विरेन्द्र बजारको टिमलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ भने युनाईटेड युथ क्लब बेल्टारले शान्तिनगर युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै स–शस्त्र प्रहरी वल बेल्टारको टिम र चौदण्डीगढी नगरपालिकाको टिमबीच भएको खेलमा नगरपालिकाको टिमले स–शस्त्र प्रहरीलाई १ गोलको बिरुद्ध ४ गोल गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

आईतवार अपराहन्ह क्लिन एण्ड ग्रीन बेल्टार र युनाईटेड युथ क्लब बेल्टार तथा चौदण्डीगढी नगरपालिकाको टिम र बसहा क्लबबीच सेमिफाईनलका खेलहरु हुनेछन् भने आइृतवार नै फाईनल खेल पनि हुनेछ । यसअघि शनिवार प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा तथा स–शस्त्र प्रहरी वल ५ नम्बर गण हेडक्वाटर उदयपुरका गणपती सशस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेतले उद्घाटन गरेको थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नेपाल प्रहरीले संचालन गरेको लागु औषध बिरद्धको नो ड्रक्स कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेको बताउदै लागु औषध बिरुद्धको अभियानमा नगरपालिकाको साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।