२७ जेठ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट राष्ट्रिय खेलकुद परिषदको आयोजना यही जेठ २९ गतेदेखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीलाई सम्मानसहित बिदाई गरिएको छ । बेल्टार बजारस्थित समावेसी खेल मैदानमा रहेको ब्याडमिन्टन कवड हलमा आज एक कार्यक्रमको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने नगरका दुई जना खेलाडीहरु निताशा रैका मगर र सोषण खत्रीलाई विदाई गरिएको हो । उनीहरु यही जेठ २४ र २५ गते मोरङ्गको बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय U15 ब्याडमिन्टन छनौट प्रतियोगितामा टप एटमा पर्दै छनौट भएका हुन् ।
टिम कोच सन्तोष कटवालका अनुसार छनौट प्रतियोगितामा नितासा रैका मगरले रजत पदक, त्यसैगरी सुसन खत्रीले कास्य पदक ल्याएर U15 जुनियर ब्याडमिन्टन खेलकुद प्रतियोगितामा छनौट भएका हुन् । प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई बेल्टार ब्याडमिन्टन क्लवले र्याकेट र ब्याग हस्तान्तरण गरेको थियो भने टिम कोच समेत रहेका सन्तोष कटवालले आफ्नो ब्यक्तिगत लगानीमा दुई वटा र्याकेट र एक वटा ब्याग खेलाडीलाई प्रदान गरेका थिए । सम्मान तथा विदाई कार्यक्रममा चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् पुर्व नगर प्रमुख खगेन्द्र राई लगायतले शुभकामना दिएका थिए ।
