१९ जेठ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आलोचना मात्र नभएर राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । आज बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आलोचना मात्र गर्दा नैराश्यिता पैदा हुने भएकोले राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका हुन् ।
गलत कामको आलोचना गर्नु सही भएको तर राम्रो कामको पनि प्रशंसा नहुँदा हौशला नमिले बताए । गलत कामको आलोचना र सही कामको प्रशंसा गर्नुपर्ने लामाको भनाई थियो । यस्तै नगर प्रमुख लामाले बेल्टार बजारलाई आधुनिक बजारको रुपमा बिकास गर्नलाई परम्परागत रुपमा ब्यापार ब्यबसाय संचालन गरेर नपुग्ने भएकोले स्थानीय नगरबासीबाटै चयानमान हुनसक्नेगरी बजारको बिकास गर्नुपर्ने बताएका थिए । उनले समस्याहरुको पहिचान गरेर उद्योग बाणिज्य संघले बजारको विकासलाई प्राथमिकतामा दिनुपर्ने बताएका थिए । यस्तै नगर प्रमुख लामाले बेल्टार बसहा उद्योग बाणिज्य संघको नाम परिवर्तन गरेर सम्रग नगरपालिकाको प्रतिनीधित्व हुनेगरी चौदण्डीगढी उद्योग बाणिज्य संघ राख्न पनि सुझाव दिएका थिए ।
कार्यक्रममा पुर्व मेयर खगेन्द्र राई, बिभिन्न राजनीतिक दलका प्रमुखहरु, पुराना ब्यापारी लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा बसहा उद्योग बाणिज्य संघका अध्यक्ष गोबिन्द थापाले उपाध्यक्ष लगायत बाँकी सदस्यहरुलाई सपथ खुवाएका थिए । जेठ ५ गतेदेखी ७ गतेसम्म भएको संघको चौथो अधिवेशनले अध्यक्षमा गोविन्द थापा, उपाध्यक्षमा उद्योगतर्फ सुरेन्द्र ल्वागुन, उपाध्यक्षमा बाणिज्यतर्फ गणेश कुमार खत्री, त्यस्तै महासचिवमा अनिल पौडेल, सचिवमा बिशाल गेलाल र कोषाध्यक्षमा तेज नारायण साह, यस्तै सदस्यहरुमा सन्तोष देव, सुरेश खड्का, कृष्ण बहादुर मगर, सन्तोष कुमार रौनियार, चन्द्रलाल गिरी, राजकुमार खड्का, सुमन थापा र अनिल कुमार साहलाई सर्वसम्मतरुपमा चयन गरेको थियो । जेठ ९ गते संघका अध्यक्ष थापालाई निर्वाचन मण्डलका संयोजक जनक कार्कीले सपथ खुवाएका थिए भने आज अध्यक्ष थापाले बाँकी पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

