खेलकुद

सप्तरीको फत्तेपुरमा दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता आजदेखी शुरु ।

सप्तरीको फत्तेपुरमा दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता आजदेखी शुरु ।

खेलकुद, लाइभ खबर, स्थानीय
सप्तरीको फत्तेपुरमा दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता आजदेखी शुरु भएको छ । सप्तकोसी नगरपालिकाको सहयोग तथा सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोट्र्स क्लब फत्तेपुरको सह आयोजनामा संचालित प्रतियोगिताको आज नगर प्रमुख कृष्णप्रसाद ढकालले एक कार्यक्रमको विच उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तर्गत सहिद स्मृति रंगशाला फत्तेपुरमा आज भएको उद्घाटन खेलमा बैंगाडावर युवा क्ल्ब धनुषालाई ४–० गोलअन्तरले हराउँदै धरान स्पोर्टिङ क्लब सुनसरी क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा धरानका जर्सि नम्बर ६ का सबिन राइले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको २५ औं मिनेटमा धरानका जर्सि न १७ का बिनोद राईले थप एक गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । लगतै खेलको २८ औं मिनेटमा धरानका लागि जर्सि न १० का कृष्ण राईले गोल गर्दै टिमको स्कोर ३–० पुर्याएका थिए । पहिलो ह...
उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार… इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको छ । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट आउटबाट निर्धारण गरिएको थियो । जसमा ब्रदरहुडले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो । त्यसअघि भएको खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दबाबमा रहेको बुट्टाबारीको तर्फबाट अतिरिक्त समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो । उपाधि विजेता ब्रदरहुडले २ लाख ५...
चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

खेलकुद, लाइभ खबर, स्थानीय
२० फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति वडा नम्बर १ चौदण्डीको आयोजनामा चौदण्डीगढी दरवार परिसरस्थित खेल मैदानमा आजदेखी शुरु भएको प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका बिभिन्न पालिकाकागरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र र तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक समारोहबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढीको ऐत...
नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक ।

नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक ।

खेलकुद, मुख्य खबर, स्थानीय
२९ माघ २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहमा सम्पन्न १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । आयोजक बसहा क्लबका सचिव लाखमान राईले आज सामाजिक संजाल फेजबुकमार्फत आयब्यय सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार प्रतियोगिताको लागि बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट २३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ संकलन भएको तथा बिभिन्न शिर्षकमा २२ लाख ६३ हजार ३ सय ९५ रुयैयाँ खर्च भएको छ । प्रतियोगिताको लागि मुख्य प्रायोजक रहेको चौदण्डीगढी नगरपालिकाले ८ लाख रुपैयाँ , यस्तै बसहा सेवा समाज हङकङ्गबाट २ लाख ५० हजार , बसहा सेवा समाज युकेबाट ८६ हजार १९० रुपैयाँ , ४ नम्बर वडाबाट १ लाख रुपैयाँ, ७ नम्बर वडाबाट २५ हजार रुपैयाँ प्राप्त भएको सचिव राईले बताएका छन् । यस बाहेक बिभिन्न् ब्यक्ति र संस्थाबाट रकम प्रा...
चौदण्डीगढीमा सम्पन्न केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको विजेता न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर ।

चौदण्डीगढीमा सम्पन्न केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको विजेता न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर ।

खेलकुद, लाइभ खबर, स्थानीय
२५ माघ २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकामा केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको उपाधी सप्तरीको न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको आयोजनामा तेस्रो संस्करणको केपी ओली कपको प्रचारप्रसारका लागि आज वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा भएको केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१ को उपाधी न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको हो । आज भएको फाईनल खेलमा बेल्टार युवा एकता क्लबलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगाले उपाधीमाथी कबजा जमाएको हो । पहिलो हाफ्को खेल गोलरहित बराबरी भएको थियो भने दोश्रो हाफ्को ७ औं मिनेटमा न्यु त्रियुगाको तर्फबाट जर्सी नम्बर ५ का सागर रायले गोलपोष्टमा गोलरक्षक नरहेको मौकाको फाईदा उठाउदै गोल गरेका थिए । तर १...
केपी ओली कपको प्रचारका लागि माघ २५ गते बेल्टारमा फुटसल कप प्रतियोगिताको आयोजना हुदै ।

केपी ओली कपको प्रचारका लागि माघ २५ गते बेल्टारमा फुटसल कप प्रतियोगिताको आयोजना हुदै ।

खेलकुद, मुख्य खबर, स्थानीय
२३ माघ २०८१, सन्तोष कुमार रौनियार…   राष्ट्रिय युवा संघ नेपाल उदयपुरले केपी ओली कपको प्रचार प्रसारका लागि फुटसल कप प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीका अनुसार यही माघ २५ गते शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा प्रचारात्मक कमरेड खुल्ला फुटसल कप प्रतियोगिता संचालन हुने जनाएका छन् । यही फागुन ११ गतेदेखी १९ गतेसम्म काठमाडौंमा केपी ओली कप फुटवल प्रतियोगिता आयोजना हुदैछ । सोही प्रतियोगिताको प्रचारप्रसारका लागि बेल्टारमा पनि फुटसल प्रतियोगिता आयोजना गरिन लागेको जिल्ला सचिव खत्रीले बताएका छन् । खत्रीका अनुसार प्रतियोगितामा बेल्टार युवा एकता क्लब, ए.पि.एफ. उदयपुर, सुनाखरी युथ क्लब वेलका, के.वाई.सी उदयपुर, त्यस्तै बसहा ११, नेपाली पुलिस उदयपुर, न्यु त्रियुगा स्पोर्टस क...
नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश ।

नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश ।

खेलकुद, लाइभ खबर, स्थानीय
१७ माघ २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा एलएक्स सिटी फुटबल क्लब मोरङलाई पराजित गर्दै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई २–१ ले पराजित गर्दै सलहेश युवा क्लब सेमीफाईनलमा प्रबेश गरेको हो । सलहेश युवा क्लबको तर्फबाट पहिलो हाफ्को २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले सिटी फुटबल क्लब मोरङको तर्फबाट बराबरी गोल फर्काएका थिए । पहिलो हाफ् १–१ को बराबरी रहेको खेलको दोश्रो हाफ् प्रतिस्पर्धात्मक रहेको थियो । खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलह...
अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामको उपाधी पुमा सेकेण्डरी बोडिङ्ग स्कुललाई ।

अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामको उपाधी पुमा सेकेण्डरी बोडिङ्ग स्कुललाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
१७ माघ २०८१, सन्तोष कुमार रौनियार…   अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा बेल्टार बजारस्थित पुमा सेकेण्डरी बोडिङ्ग स्कुलले छात्र तथा छात्रातर्फको उपाधी जितेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टारस्थित समाबेशी खेल मैदानमा चौदण्डिगढि नगर प्याब्सनद्वारा आयोजित हिजोदेखी शुरु भएको अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा मावी स्तरीय छात्र तथा छात्रातर्फको उपाधी पुमाले जितेको हो । आज सम्पन्न फाईनल खेलमा सिनियर मावीतर्फ छात्रहरुको खेलमा मेरीगोल्ड एकेडेमी भुल्केलाई १२–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै पुमाले उपाधी जितेको हो । बेल्टारस्थित सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल भने तृतीय भएको छ । यस्तै छात्रातर्फको उपाधी पनि पुमाले नै जितेको छ । छात्रातर्फ सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टारलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । छात्रातर्फ भने भुपु सैनिक अंग्रे...
छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने ।

छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने ।

खेलकुद, स्थानीय
११ माघ  २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने भएका छन् । वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७ लाई ट्राईबेकरमा ४–० ले पराजित गरेसंगै वडा नम्बर ४ ले फाईनलमा वडा नम्बर ६ संगको भेट पक्का गरेको हो । यस अघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई ४–० को फराकिलो गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको थियो । आज भएको दोश्रो सेमिफाईनल खेलको पहिलो हाफ्को तेश्रो मिनेट मै वडा नम्बर ४ कोतर्फबाट जर्सी नम्बर १५ का विवेक सुनारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २८ औ मिनेटमा वडा नम्बर ७ को तर्फबाट जर्सी नम्बर ९ का बिशाल राईले बराबरी गोल फर्काउदै १–१ को अबस्थामा पुर्याएका थिए ...
चौदण्डीगढीमा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र ७ सेमिफाईनलमा प्रबेश ।

चौदण्डीगढीमा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र ७ सेमिफाईनलमा प्रबेश ।

खेलकुद, लाइभ खबर, स्थानीय
०८ माघ  २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ५ र वडा नम्बर ७ विजयी भएका छन् । चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ ले ट्राईबेकरमा वडा नम्बर २ लाख ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नं ५ ले ५ गोल र वडा नं २ ले ४ गोल गरे पछि वडा नं ५ विजय भएको हो । त्यसअघि खेलको पहिलो हाफमा वडा नं ५ का लागि जर्सी नं ७ का खेलाडी प्रताप चौधरी ले १६ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोश्रो हाफको इन्जुरी समयको ६३ औ मिनेटमा वडा नं २ ले पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए...