नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश ।

१७ माघ २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा एलएक्स सिटी फुटबल क्लब मोरङलाई पराजित गर्दै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई २–१ ले पराजित गर्दै सलहेश युवा क्लब सेमीफाईनलमा प्रबेश गरेको हो ।

सलहेश युवा क्लबको तर्फबाट पहिलो हाफ्को २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले सिटी फुटबल क्लब मोरङको तर्फबाट बराबरी गोल फर्काएका थिए । पहिलो हाफ् १–१ को बराबरी रहेको खेलको दोश्रो हाफ् प्रतिस्पर्धात्मक रहेको थियो । खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलहेश युवा क्लबका लागी दोस्रो गर्दै टिमलाई २–१ को बढ्त दिलाएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि सिटी फुटबल क्लब मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सेमीफाईनलमा प्रबेश गरेको छ । जीतसंगै पहिलो सेमिफाईनल खेलका लागि सलहेश युवा क्लबले बागमति फुटवल क्लबसँगको भेट पक्का गरेको छ । यसअघि बागमति फुटवल क्लबले पहिलो क्बाटरफाईनल खेलमा संकटा फुटवल क्लब काठमाडौंलाई १–० ले प।राजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो । आज भएको खेलको म्यान अफ दी म्याच जर्सी नम्बर १७ का मिलन राई घोषित भएका छन् ।

भोलीको खेल न्यु त्रियुगा स्पोर्टस क्लब सप्तरी र एभरेष्ट फुटबल क्लब सुनसरी बिच हुने आयोजकले जानकारी दिएको छ । ऐतिहासकि ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको स्मृतीमा आयोजित प्रतियोगिताको फाईनल खेल थुलुङ्गको स्मृती तिथी माघ २२ गते हुने आयोजकले जानकारी दिएको छ । उपाधि विजेता टोलीले ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरुस्कार प्राप्त गर्ने जनाइएको छ ।