१७ माघ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित सुन्दरपुर बजारको सडक कालोपत्रे हुने भएको छ । शहरी विकास मन्त्रालयको एक करोड रुपैयाँबाट करिव एक किलोमिटर लम्बाई र ५ मिटर चौडाईको सडक कालोपत्रे हुने वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले जानकारी दिएका छन् ।
स्थाीय पुर्वाधार विकास आयोजना कार्यालय ईटहरीका अनुसार सिवाई सुन्दरपुर सडक निमार्ण तथा स्तरोन्नती अन्तर्गत प्रिमिक्स गुणस्तरको कालोपत्रे हुनेछ भने योजनाको ठेक्का धनलक्ष्मी निमार्ण सेवाले भ्याट र पिसी बाहेक ६७ लाख १९ हजार २८० रुपैयाँमा पाएको छ । गत पुष १९ गते ठेक्का सम्झौता भएको योजना सम्पन्न मिति २०८२ साल जेष्ठ ३० गतेसम्म रहेको छ । यसै सडकको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान, पुर्व नगर प्रमुख खगेन्द्र राईले संयुक्तरुमा शिलान्यास गरेका छन् ।
सुन्दरपुरमा भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख लामाले तीन तहको सरकार रहेको बताउदै नगर सरकारले आफ्नो गछेअनुसार विकास निमार्णको कार्य गरिरहेको बताएका छन् । उनले स्थानीय जनप्रतिनीधि, सामाजिक अगुवाहरुलाई कामको गुणस्तरको निरन्तर अनुगमन गर्न आग्रह गरेका छन् । यस्तै नगर प्रमुख लामाले सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीस्थित भत्केको मोटेरेवल पुलको बिषय नगरपालिकाको कार्यक्षेत्रमा नपर्ने भएकोले संघीय सांसदहरुले यसको समाधान गर्नुपर्ने बताएका थिए । सुन्दर र सिवाईका नागरिकलाई नगरको प्रशासनिक केन्द्र बेल्टार बजारसंग जोड्न सुन्दरपुरमा झुलुङ्गे पुल निमार्ण निमार्ण आगामी बर्षबाट गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले भत्केको पुल पुनःनिमार्णका लागि पहल गर्न अख्तियार दुरुपयोग अनुसंधान आयोगमा डेलीगेशन जानुपर्ने धारणा राखेका थिए । उनले पनि गुणस्तरीय सडक निमार्णका लागि ठेकेदारलाई आग्रह गरेका थिए । यस्तै कार्यक्रमलाई वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम ढकाल, पुर्व वडा अध्यक्ष देव नारायण चौधरीले पनि सम्बोधन गरेका थिए ।
यस्तै आज नै नगर प्रमुख लामाले वडा नम्बर ६ स्थित कमलध्वज राईको घरदेखी सातधारे हुदै थानपोखरी पश्चिम ज्यामिरेसम्म जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नती कार्यको शिलान्यास गरेका थिए ।
