१९ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित पारुहाङ एकेडेमीले २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वडा नम्बर ७ बेल्टार गोरेटो लाइन स्थित बिद्यालयको प्रारंगमा आज सांगीतिक कार्यक्रमसहित एकेडेमीले २१ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुत गरेका थिए ।
स्थानीइ ६ जना युवाहरु छविन्द्र राई, सगेन्द्र राई, गोपाल राई, प्रियचन्द्र राई , कुमारी राई र शिव कुमार राईले मिलेर २०६२ सालमा स्थापना गरेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक उन्ययनमा महत्वपुर्ण भुमिका खेलेको छ भने पछिल्लो समयमा खेलकुद लगायतका क्षेत्रमा पनि योगदान पुर्याईरहेको छ । भाडाको घरमा पठनपाठन गर्दै शुरु भएको बिद्यालय अहिले साढे ६ कट्ठामा बनेको आफ्नै सुबिधा सम्पन्न २३ कोठे भवनबाट संचालन भएको छ । स्मार्ट बोर्डको माध्यमबाट पठनपाठन गरिने बिद्यालयमा छात्राहरुको लागि स्यानिटरी कक्ष, त्यस्तै बिज्ञान प्रयोशाला, कम्प्युटर ल्याव, लाईव्रेरी, चमेनागृह, छात्राबास लगायतको सुबिधा समेत रहेको बिद्यालयका संस्थापक सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल राईले जानकारी दिएका छन् । उनले २०६७ सालबाट एसईईमा सहभागी भै सयौको संख्यामा बिद्यार्थीहरुले उत्कृष्ट नतिजासहित बिद्यालय शिक्षा सम्पन्न गरेको र दर्जनौ बिद्यार्थीहरु नसिङ्ग, डाक्टर, ईन्जिनियर लगायतको क्षेत्रमा कार्य गरिरहेको बताएका छन् ।हाल बिद्यालयमा ३ सय ३१ जना विद्यार्थी अध्ययनरत रहेको तथा २४जना शिक्षक कर्मचारीले रोजगारी पाइरहेको राईले बताएका छन् ।