चौदण्डीगढीमा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र ७ सेमिफाईनलमा प्रबेश ।

०८ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ५ र वडा नम्बर ७ विजयी भएका छन् ।

चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ ले ट्राईबेकरमा वडा नम्बर २ लाख ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नं ५ ले ५ गोल र वडा नं २ ले ४ गोल गरे पछि वडा नं ५ विजय भएको हो । त्यसअघि खेलको पहिलो हाफमा वडा नं ५ का लागि जर्सी नं ७ का खेलाडी प्रताप चौधरी ले १६ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोश्रो हाफको इन्जुरी समयको ६३ औ मिनेटमा वडा नं २ ले पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । जित संगै वडा नम्बर ५ सेमिफाईनलमा प्रबेश गरेको छ ।

यस्तै आज भएको दोश्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ८ लाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ७ ले ४ गोल र वडा नम्बर ८ ले ३ गोल मात्र गर्न सक्यो । अब भोलीको वडा नम्बर ६ र वडा नम्बर १० बीच दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।

हिजोबाट शुरु भएको मेयर कप फुटवल प्रतियोगिताको फाईलन खेल माघ १२ गते हुनेछ भने विजेताले नगद ५५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र, त्यस्तै उप विजेताले नगद ३५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस बाहेक बिद्यागततर्फ पनि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायतलाई पनि पुरुसकारको ब्यबस्था रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिएका छन् । मगरले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौटका लागि छनौट समिति निमार्ण गरिसकेको र समितिले छनौट गरेको नगरस्तरीय टिमलाई बसहा क्लबको तर्फबाट आगामी माघ १५ गतेबाट शुरु हुने १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती फुटवल प्रतियोगितामा सहभागी गराउने जानकारी दिएका छन् ।