चौदण्डीगढीमा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यमा तिब्रता / नगर प्रमुख लामाद्वारा एकै पटक आधा दर्जन सडक कालेपत्रेको शिलान्यास ।

०७ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यले तिब्रता पाएको छ । संघिय सरकार र प्रदेश सरकारको योजनामा नगरको बिभिन्न वडाका ग्रामिण सडक स्त्तरोन्नती एव्म कालेपत्रे योजनाको काम भैरहेको छ भने नगरपालिकाले पनि आफ्नै श्रोतले नगरको १० वटै वडाको ग्रामिण सडक स्त्तरोन्नतीको लागि बजेट छुट्टयाएर कार्य गरिरहेको छ ।

नगरको सबै ग्रामिण सडकको स्त्तरोन्नती गर्ने उदेश्यले नगरले आर्थिक बर्ष २०८१/८२ को बजेटबाट प्रत्येक वडामा २०–२० लाख रुपैयाँ छुट्टयाएर सडक कालोपत्रे गर्ने योजना मुताविक आज नगर प्रमुख कालुमान लामाले वडा नम्बर २, ४, ५, ९ र १० मा कालेपत्रे गर्ने आधा दर्जन सडकहरुको एकैपटक शिलान्यास गरेका छन् । वडा नम्बर ४ स्थित त्रिशक्ती चौकमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले सो सडकहरुको शिलान्यास गरेका हुन् । चौदण्डीगढी नगरपालिकास्थित बेल्टारे निमार्ण सेवाले सो सडकहरुको कालेपत्रेको ठेक्का ६४ लाख ४३ हजार रुपैयाँका प्राप्त गरेको छ । बेल्टारे निमार्ण सेवाका प्रोप्राईटर डिल्ली खड्का कुमारका अनुसार वडा नम्बर २, ४, ५, ९ र १० मा पौने ४ मिटर चौडाई र २९५ मिटर लम्बाईको सडक कालोपत्रे गरिनेछ । यस्तै आज नै नगर प्रमुख लामाले वडा नम्बर ४ कै बर्खेडाडाँदेखी बसहाथान हुदै चटपटे टोलसम्म जानेबाटोको कालोपत्रेको पनि शिलान्यास गरेका छन् । बेल्टारे निमार्ण सेवाले नै यो बाटोको पनि ठेक्का पाएको छ । ६४ लाख ४३ हजार रुपैयाँमा ठेक्का पाएको सो सडक १ हजार ४३ मिटर लम्बाई र ५ मिटर चौडाईको हुने ठेकेदार खड्काले जानकारी दिएका छन् ।

यस बाहेक नगरको अन्य बाकी १,३,६,७ र ८ नम्बर वडामा पनि चाँडै सडक कालोपत्रे योजनाको ठेक्का लाग्ने जनाइएको छ । नगर योजना शाखाको अनुसार सो वडाहरुमा नगरको बजेटबाट कालोपत्रे हुने सडकहरुको योजना ठेकका प्रक्रियामा रहेकोछ । यस्तै नगरको ग्रामिण सडक स्त्तरोन्नतीको कार्यलाई तिब्रता दिन नगरले यसै आर्थिक बर्षमा टिपर, रोलर र डोजर एक एक थान खरिद गर्ने निर्णय गरेको नगर प्रमुख लामाले जानकारी दिएका छन् । माघ ६ गते बसेको नगर कार्यपालिकाको वोर्ड बैठकबाट भौतिक पुर्वाधारका लागि अति आबश्यक ठुला सवारी साधन खरिद गर्न लागेको नगर प्रमुख लामाको भनाई छ । सडक पुर्वाधारलाई नगरको गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राखेर नगरपालिकाले सबै ग्रामिण सडक बाह््र महिना नै संचालन गर्नेगरी कार्य गरिरहेको नगर प्रमुख लामाले बताएका छन् ।