उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…

इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको छ । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट आउटबाट निर्धारण गरिएको थियो । जसमा ब्रदरहुडले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो ।

त्यसअघि भएको खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दबाबमा रहेको बुट्टाबारीको तर्फबाट अतिरिक्त समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो । उपाधि विजेता ब्रदरहुडले २ लाख ५५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बुट्टाबारीले १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । बुट्टाबारीे यो प्रतियोगितामा तेस्रो पटक फाइनलमा प्रबेश गरेको भए पनि तीन पटक नै उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच ब्रदरहुड एफसीका प्रवेश दनुवार घोषित भएका थिए भने प्रतियोगिताको उत्कृष्ट डिफेन्डर बुट्टाबारीका सुजन चौधरी,उत्कृष्ट गोल रक्षक ब्रदरहुडका सौरब बराल,बेस्ट मिडफिल्डर ब्रदरहुडका बिबेक राइ,हाइ स्कोरर्मा ब्रदहुडका आकाश राई र राइजिङ प्लेयरमा देउरीली स्पोर्टिङ क्लबका अभिमन्यु राई घोषित भएका थिए । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा २०८१ साल चैत्र २५ गते देखि सन्चालित प्रतियोगिता २०८२ साल बैशाख १ गते नयाँ बर्षको दिन सम्पन्न भएको थियो ।

प्रतियोगितामा पॉचथर,इलाम, झापा,मोरङ,र उदयपुरका ८ टिमको सहभागिता रहको थियो। जसमा इलामको आयोजक देउराली स्पोर्टिङ क्लब, रेड हर्ष एफसी, बुट्टाबारी युनाइटेड झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, डॉगिहट एफसी मोरङ, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, वाइ वाइ पॉचथर फुटबल क्लब र ब्रदरहुड एफसी उदयपुर रहेका थिए ।