३ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…
नेपाल शिक्षक महासंघ चौदण्डीगढीका अध्यक्ष रित बहादुर मगरको नेतृत्वमा आएको शिक्षकहरुको प्रतिनीधिहरुले आज नगर प्रमुख कालुमान लामालाई भेटेर शैक्षिक आन्दोलनलाई सहयोग गर्न ज्ञापन पत्र बुझाएको छ । सम्पुर्ण शिक्षक, कर्मचारीको पेशागत हकहित र आफ्नो माग पुरा गर्नका लागि बिद्यालय शिक्षा ऐन जारी गराउन नगरभित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गतिविधी ठप्प पारी काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन जानु परेकोले सहयोग गर्न आग्रह गरेको हो । यसैबिच नेपाल शिक्षक महासंघ उदयपुरले काठमाडौं केन्द्रीत शैक्षिक आन्दोलनका लागि आर्थिक सहयोगका लागि जिल्लाको ८ बटै पालिकाका शिक्षक संघ संगठनलाई सर्कुलर गर्दै अनुरोध गरेको छ । नेपाल शिक्षक महासंग उदयपुर जिल्ला कार्य समितिका अध्यक्ष सुवास विष्ट र सचिव काशिराज कार्कीले सर्कुलर पठाउदै शैक्षिक आन्दोलन सफल पार्न सम्पुर्ण शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी गराउन आर्थिक सहयोग गर्न अनुरोध गरेको हो । बिद्यालय कर्मचारी र कार्यालय सहायकसंग २ हजार, प्रावी शिक्षकसंग ३ हजार, निमावी शिक्षकसंग ४ हजार, त्यस्तै मावी र प्लस टुका शिक्षकहरुसंग ५ हजार रुपैयाँ सहयोग रकम माग गदै प्रधानाध्यापकमार्फत महासंघ उदयपुरको खातामा बुझाउन भनिएको छ ।
एता चौदण्डीगढी नगरपालिकाको मेयर कालुमान लामाले भने शैक्षिक सत्र २०८२ मा आफ्नो नानीबाबुहरुलाई बिद्यालय भर्ना गराउन आग्रह गरेका छन् । चौदण्डीगढी नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरुसहित देशैभरका शिक्षकहरु राजधानी केन्द्रीत शैक्षिक आन्दोलनमा रहेको बेला मेयर लामाले सामाजिक संजाल फेसबुकमार्फत नगरबासीलाई आफ्ना ननाीबाबुहरुलाई बिद्यालय भर्ना गराउन आग्रह गरेका हुन् । मेयर लामाले सभ्य र विद्धान नागरिक निमार्ण, बिद्यालय भर्नामा अनिवार्य हाम्रो अभियान भन्दै नजिकको बिद्यालयमा आफ्ना नानीबाबु भर्ना गराउन आग्रह गरेका छन् ।
नगर प्रमुखले बिधार्थी भर्ना अभियान गर्न आग्रह गरेपनि नगरभित्रका कतिपय सामुदायिक बिद्यालयका प्रधानाध्यापक सहित ठुलो संख्यामा शिक्षक, कर्मचारीहरु काठमाडौं केन्द्रीत शैक्षिक आन्दोलनलागि काठमाडौं गएका छन् भने बाँकी शिक्षकहरु पनि काठमाडौं जाने तयारीमा रहेका छन् । यसबाट बिद्यार्थी भर्ना अभियान प्रभावित बन्ने नगर शिक्षा शाखाका पुष्पा तामाङ्गले जानकारी दिएकी छिन् । उनले शैक्षिक सत्र शुरु भएपनि कति बालबालिका बिद्यालय बाहिर छन् भने स्पष्ट तथ्याङ्ग शाखासंग नरहेको बताउदै बिद्यार्थी भर्ना अभियान सकिएपछि मात्रै स्पष्ट जानकारी प्राप्त हुने बताएकी छिन् । नगरपालिका अन्तर्गत ४० भन्दा बढी सामुदायिक र २० वटा भन्दाबढी संस्थागत बिद्यालयगरी ६० भन्दाबढी बिद्यालयहरुमा अहिले बिद्यार्थी भर्ना अभियान संचालन भैरहेको छ । सामुदायिक बिद्यालयहरुमा भने शैक्षिक आन्दोलनका कारण बिद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने संस्थागत बोडिङ्ग स्कुलहरुमा भर्ना अभियान जारी रहेको छ ।