सप्तरीको फत्तेपुरमा दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता आजदेखी शुरु भएको छ । सप्तकोसी नगरपालिकाको सहयोग तथा सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोट्र्स क्लब फत्तेपुरको सह आयोजनामा संचालित प्रतियोगिताको आज नगर प्रमुख कृष्णप्रसाद ढकालले एक कार्यक्रमको विच उद्घाटन गरेका छन् ।
प्रतियोगिता अन्तर्गत सहिद स्मृति रंगशाला फत्तेपुरमा आज भएको उद्घाटन खेलमा बैंगाडावर युवा क्ल्ब धनुषालाई ४–० गोलअन्तरले हराउँदै धरान स्पोर्टिङ क्लब सुनसरी क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा धरानका जर्सि नम्बर ६ का सबिन राइले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको २५ औं मिनेटमा धरानका जर्सि न १७ का बिनोद राईले थप एक गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । लगतै खेलको २८ औं मिनेटमा धरानका लागि जर्सि न १० का कृष्ण राईले गोल गर्दै टिमको स्कोर ३–० पुर्याएका थिए । पहिलो हाफ्मा ३–० ले पछि परेको बैंगाडावर युवा क्ल्ब धनुषाले खेलको दोश्रो हाफ्मा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोश्रो हाफ्को अन्त्मि समयका धरानका जर्सि नम्बर ६ का सबिन राइले ब्यक्तिगत दोश्रो गोल गर्दै धरानलाई ४–० को फराकिलो गोल अन्तरले विजयी दिलाएका थिए । आजको खेलको म्यान अफ् दि म्याच पनि सविन राई नै घोषित भएका थिए । प्रतियोगिता अन्तर्गत भोली दोस्रो खेल बसाहा क्ल्ब उदयपुर र राष्ट्रिय जागृति क्ल्ब सुनसरी बिच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा, राष्ट्रिय जागृति क्ल्ब सुनसरी, बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा, गोलबजार स्पोट्र्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमको सहभागिता रहेको छ भने प्रतियोगिताका बिजेता र उपबिजेता टिमले क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।


