छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने ।

११ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने भएका छन् । वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७ लाई ट्राईबेकरमा ४–० ले पराजित गरेसंगै वडा नम्बर ४ ले फाईनलमा वडा नम्बर ६ संगको भेट पक्का गरेको हो । यस अघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई ४–० को फराकिलो गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको थियो ।

आज भएको दोश्रो सेमिफाईनल खेलको पहिलो हाफ्को तेश्रो मिनेट मै वडा नम्बर ४ कोतर्फबाट जर्सी नम्बर १५ का विवेक सुनारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २८ औ मिनेटमा वडा नम्बर ७ को तर्फबाट जर्सी नम्बर ९ का बिशाल राईले बराबरी गोल फर्काउदै १–१ को अबस्थामा पुर्याएका थिए । पहिलो हाफ् १–१ को बराबरी भएको खेलको दोश्रो हाफ्मा दुबैतर्फबाट थप गोल नभएपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ४ का तर्फबाट ४ जनाले गोल गर्न सफल भएका थिए भने वडा नम्बर ७ बाट २ जनाको प्रहार मात्र गोलमा परिणत भएको थियो । अब भोलीको फाईनल खेल वडा नम्बर ६ र वडा नम्बर ४ बीच हुनेछ ।

गत सोमबार बाट शुरु भएको मेयर कप फुटवल प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र, त्यस्तै उप विजेताले नगद ३५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस बाहेक बिद्यागततर्फ पनि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायतलाई पनि पुरुसकारको ब्यबस्था रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिएका छन् । मगरले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौटका लागि छनौट समिति निमार्ण गरिसकेको र समितिले छनौट गरेको नगरस्तरीय टिमलाई बसहा क्लबको तर्फबाट आगामी माघ १५ गतेबाट शुरु हुने १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती फुटवल प्रतियोगितामा सहभागी गराउने जानकारी दिएका छन् ।