चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।
०९ फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत मात्र देखिएको छ । आर्थिक बर्षको शुरुवात श्रावण १ गतेबाट हुने भएपनि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने योजनाहरुको ठेक्का प्रक्रिया नै ढिलोगरी शुरु हुदाँ योजनाहरुको भुक्तानी आर्थिक बर्षको अन्तमा उच्च देखिने गरेको छ । ढिलोमा दशै तिहारअघि नै योजनाहरुको टेण्डर आवहान भै सक्नुपर्नेमा अहिले पनि कतिपय योजनाहरु ठेक्का प्रक्रिमा नै छन् । लेखा शाखा प्रमुख महेश राना मगरका अनुसार चालु खर्चतर्फ माघ मसान्तसम्म ५४.६५ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १७.८६ प्रतिशत मात्र खर्च भएको छ ।आर्थिक बर्ष २०८१/०८२ मा चालुतर्फ ५८ करोड ३० लाख ४ हजार ३९६ रुपैयाँ विनयोजन गरिएकोमा ३२ करोड २ लाख ६६ हजार ४६७ रुपैयाँ खर्च भएको छ भने पुजिँगततर्फ २२ करोड ३२ लाख ३५ हजार २६४ रुपैयाँ विनयोजन भएकोमा ३ करोड ९...









