बर्षाका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अबस्थामा रहने चौदण्डीगढी नगरपालिका विपद् ब्यबस्थापन समितिको निर्णय ।
बर्षा याममा हुने जोखिम न्यूनीकरणका लागि आबश्यक ब्यबस्था गर्न चौदण्डीगढी नगरपालिकाको विपद् ब्यबस्थापन समितिको बैठक बसेको छ । विपद् ब्यबस्थापन समितिका संयोजक समेत रहेका नगर प्रमुख कालुमान लामाको अध्यक्षता बसेको सरोकारवालाहरुको बैठकले बिभिन्न निर्णय गरेको छ । आज नगरपालिकामा बसेको विपद् ब्यबस्थापन समितिको बैठकले बर्षाको कारण हुन सक्ने बाढी पहिरो तथा नदि कटानबाट हुने क्षेतीको रोकथाम र न्यूनिकरणका लागि सरोकावालाहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । शसस्त्र प्रहरी बल बेश क्याम बेल्टार, ईलाका प्रहरी कार्यालय बेल्टार, नगर प्रहरीको टोली, जनप्रतिनिधीहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको हो । यस्तै बैठकले नगर भएर बग्ने खोलानाला तथा नदीले गर्न सक्ने कटान रोकथामका लागि ५ सय थान तारजाली, २० हजार बोरा, २० थान लाइफज्याकेट, ५० थान त्रिपालको ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ भने शिवाई र ज्यामिर...

