चौदण्डीगढी नगरपालिकाकाको वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा गत बैशाख २३ गतेदेखी बैशाख ३१ गतेसम्म संचालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयब्यय विवरण सार्वजनिक गरिएको छ । बिद्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा ज्ञानमहायज्ञ समितिका आर्थिक संयोजक रामजी कटुवालले कुल ६९ लाख ८४ हजार ८ सय ४४ रुपैयाँ नगद संकलन भएको र ११ लाख ३९ हजार २ सय ७० रुयौयाँ खर्च भएको विवरण प्रस्तुत गरेका छन् । ८ कक्षासम्म पढाई हुने बिद्याँलयको तहबृद्धी गरी माध्यमिक तहमा स्तरोन्नती गर्ने, बिद्यालयमा प्राबिधिक धारको अध्यापन गराउने र बालबालिकाका लागि स्कुल बसको ब्यबस्था गर्ने उदेश्यले बिद्यालयमा भागवत ज्ञानमहायज्ञ संचालन गरिएको थियो । ज्ञानमहायज्ञमा दाताहरुले न्युन्तम १०० रुयौयाँदेखी अधिक्तम १० लाख १ हजार १सय ११ रुपैयाँसम्म आर्थिक सहयोग गरेका थिए । सप्ताह ज्ञान महायज्ञमा कालिदास पौडलका परिवारकातर्फ आमाहरु योगमाया र शारदा पौडेलको स्मृतीमा १० – १० लाख, गणेश बहादुर कटुवालका परिवारका तर्फबाट १० लाख ११ हजार १ सय ११ रुपैयाँ , त्यस्तै ज्ञानेन्द्र कुमार बस्नेतले ६ लाख ५१ ह्जार रुपैयाँ, महेश्वरा बिष्टले ३ लाख ५ हजार, केदार कुमार केशीले २ लाख रुपैयाँ प्रदान गरेका थिए । त्यस्तै बिधालयका प्रधानाध्यापक प्रेम कुमार खड्काले १ लाख ५१ ह्जार ५ सय ५५ रुपैयाँ, बिद्यालयका शिक्षक दिल कुमार राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, महेन्द्र सुवेदीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, यसै बिद्यालयका शिक्षिकाहरु रेनुका खड्काले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मनिका राईले १ लाख १ सय ११ रुपैयाँ त्यस्तै कार्यपालिका सदस्य उदयराज भुजेलले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । १०० रुपैयाँदेखी १० लाखसम्म सहयोग गर्नेको संख्या करिव ६ सय रहेको आर्थिक संयोजक कटुवाले जानकारी दिएका छन् ।
यस्तै खर्चहरुमा सबैभन्दा बढी रकम गूरु दक्षिणामा ४ लाख, त्यस्तै ५० हजारभन्दाबढी रकम सहयोग गर्ने दाताहरुलाई प्रदान गरिएको चाँदीको करुवा वितरणमा २ लाख ५२ हजार २ सय ८५, फ्रेम, पोष्टर, निमणत्रणा कार्ड, फ्ल्यास वोर्ड निमार्णमा १ लाख ४० हजार, त्यस्तै रामनामी, दोसल्ल, धोती खरिद लगायतमा ७१ ह्जार ९ सय रुपैयाँ खर्च भएको आर्थिक संयोजक कटुवालले जानकारी दिएका छन् । कार्यक्रममा संचित भएको ५८ लाख ५३ हजार ४ सय ५४ रुपैयाँको सदुपयोगका लागि ब्यबस्थापन समितिसंगको सरसल्लाहमा काम गरिने सो क्रममा जानकारी गराईएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपाल पौडेलले बिद्यालयमा बिद्याथीको संख्या बढाउनका लागि स्कुल बस १० लाख ५० हजारमा खरिद गरेको जानकारी गराउदै संकलन भएको रकमबाट बस खरिदको भूक्तानी गरिने बताएका छन् । यस्तै बिद्यालयको शैक्षिक सुधारका लागि अंग्रेजी माध्यमका शिक्षकको ब्यबस्था, स्कुल बस संचालन लगायतमा खर्च गर्नेगरी कार्यबिधि तयार गरिने बताएका छन् ।
गत माघ २९ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सगरमाथा आधारभुत बिद्यालय भुल्केसहित १९ वटा बिद्यालयको शिक्षक बिधार्थी अनुपात नमिलेको, बिद्यार्थी संख्या कम भएको लगायतका कारण देखाउदै तह घटुवा गर्ने निर्णय गरेको थियो । नगरको यस निर्णयलाई चुनौती दिदै स्थानीय वडाबासीको भावनासंग जोडिएको बिद्यालयको तह घटुवा गर्न नदिन एक बर्षभित्र बिद्यालयको सुधार गर्ने प्रतिबद्धता अनुरुप वडा अध्यक्ष केशव अधिकारीको अगुवाईमा पुराण लगाएर पैसा संकलन गर्ने र बिद्यालयको भौतिक सुधार गर्ने योजना अनुरुप ज्ञान महायज्ञको आयोजना गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपाल पौडेलले बताएका थिए । वडा नम्बर ७ का वडा अध्यक्ष अधिकारीको पहलमा नगरको सो निर्णयलाई सच्याउन लगाउदै एक बर्षभित्र बिद्यालयको सुधार गर्ने प्रतिबद्धता बिद्यालय ब्यबस्थापन समितिले गरेअनुरुप बिद्यालयको तह बृद्धी गर्ने, स्कुल बसको ब्यबस्था गर्ने लगायतका सुधारका काम गर्नका लागि पैसा जुटाउने उदेश्यले बिद्यालयले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको थियो । यसअघि वडा अध्यक्ष अधिकारी कै नेतृत्वमा बिद्यार्थी भर्ना कार्यक्रम संचालन गर्दा बिद्यार्थी संख्यामा बृद्धी भएको छ भने स्कुल बसको ब्यबस्थाले ढेलाचौरी लगायतका छिमेकी बस्तीकाबाट समेत बिधार्थीहरुलाई बिद्यालय आउजाउमा सहज भएको छ । जस्ले गर्दा बिधार्थी संख्या बढाउन मदत गरेको छ ।

