भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कालिदास पौडेलका परिवारद्वारा २० लाख रुपैयाँ प्रदान ।

चौदण्डीगढी नगरपालिकाकाको वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आज साझँसम्म ४५लाख रुपैयाँभन्दा बढी नगद संकल्न भएको आयोजक समितिका सदस्य बिद्यालयका प्रधानाध्यापक प्रेम कुमार खड्काले जानकारी दिएका छन् । ८ कक्षासम्म पढाई हुने बिद्याँलयको तहबृद्धी गरी माध्यमिक तहमा स्तरोन्नती गर्ने, बिद्यालयमा प्राबिधिक धारको अध्यापन गराउने र बालबालिकाका लागि स्कुल बसको ब्यबस्था गर्ने उदेश्यले ज्ञान महायज्ञमा ५० लाख रुपैयाँ उठाउने लक्षय राखिएको भएता पनि ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने देखिएको छ ।

आज वडा नम्बर ७ भुल्केस्थित स्वर्गिय कालिदास पौडेलका परिवारले २० लाख रुपैया आर्थिक सहयोग गरेका छन । पौडेल परिवारकातर्फबाट आमा योगमाया पौडेलको स्मृतीमा छोराहरु स्वर्गीय जन्मजय पौडेल, रमेशलाल पौडेल, मणिराज पौडेल र राजेन्द्र पौडेलले १० लाख रुपैयाँ प्रदान गरेका छन् भने आमा शारदादेवी पौडेलको स्मृतीमा छोराहरु स्वर्गीय गोपाल पौडेल, भुपाल पौडेल, दिवाकर पौडेल, मधुकर पौडेल, राजेश पौडेल र सुरेश पौडलले १० लाख रुपैयाँ प्रदान गरेका छन् । पुराण आयोजना समितीको निर्णय पुराणमा १० लाख भन्दा बढी दान गर्ने व्यक्तीको प्रतिमा÷सालीक बनाउने निर्णय अनुसार स्वर्गिय कालिदास पौडेलका दुबै श्रीमतीका छोराछोरी, नातिनातिनीहरुले स्वर्गिय योगमाया पौडेल र सारदादेवी पौडेलको सालीक निर्माणार्थ बीसलाख सहयोग गरेको पौडेल परिवारका सदस्य राजेन्द्र पौडेलले जानकारी दिएका छन् । यस्तै ठुलो रकम प्रदान गर्नेहरुमा वडा नम्बर ७ का ज्ञानेन्द्र कुमार बस्नेतले ६ लाख ५१ ह्जार रुपैयाँ, यसै बिधालयका प्रधानाध्यापक प्रेम कुमार खड्काले आमा हिरादेवी खड्काको नाममा १ लाख ५१ ह्जार ५ सय ५५ रुपैयाँ, त्यस्तै यसै बिद्यालयका शिक्षक दिल कुमार राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, महेन्द्र सुवेदीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, वडा नम्बर ७ लामेचौरी बस्ने श्यामधन तामाङ्गले ७५ हजार ५ सय ५५ रुपैयाँ, विमला बिष्ट, बालकुमार बिक र चन्द्रकला खड्काले समान ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । यस बाहेक आज राती थप १५ लाख रुपैयाँभन्दा बढी रकम दाताहरुले प्रदान गर्नेे वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिएका छन् । हालसम्म संकलन भएको रकम हेर्दा पुराण लगाएर नगरपालिकामा यो नै सबैभन्दा बढी रकम संकलन हुने धार्मिक कार्य भएको देखिएको छ ।

बैशाख २३ गतेबाट शुरु भएको ज्ञान महायज्ञ भोली समापन हुने आयोजकले जनाएको छ । गत माघ २९ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सगरमाथा आधारभुत बिद्यालय भुल्केसहित १९ वटा बिद्यालयको शिक्षक बिधार्थी अनुपात नमिलेको, बिद्यार्थी संख्या कम भएको लगायतका कारण देखाउदै तह घटुवा गर्ने निर्णय गरेको थियो । नगरको यस निर्णयलाई चुनौती दिदै स्थानीय वडाबासीको भावनासंग जोडिएको बिद्यालयको तह घटुवा गर्न नदिन एक बर्षभित्र बिद्यालयको सुधार गर्ने प्रतिबद्धता अनुरुप वडा अध्यक्ष केशव अधिकारीको अगुवाईमा पुराण लगाएर पैसा संकलन गर्ने र बिद्यालयको भौतिक सुधार गर्ने योजना अनुरुप ज्ञान महायज्ञको आयोजना गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपाल पौडेलले बताएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष अधिकारीको पहलमा नगरको सो निर्णयलाई सच्याउन लगाउदै एक बर्षभित्र बिद्यालयको सुधार गर्ने प्रतिबद्धता बिद्यालय ब्यबस्थापन समितिले गरेअनुरुप बिद्यालयको तह बृद्धी गर्ने, स्कुल बसको ब्यबस्था गर्ने लगायतका सुधारका काम गर्नका लागि पैसा जुटाउने उदेश्यले बिद्यालयले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो ।