नेपाली काँग्रेस चौदण्डीगढी नगर समितिका उपसभापति पवन कार्कीले पार्टीको साधारण सदस्य समेत नरहनेगरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । आज नगर सभापति राजेन्द्र पौडेललाई एक पत्र लेख्दै उपसभापति कार्कीले पछिल्ला दिनहरुमा नेपाली कांग्रेसको गतिबिधी नियाल्दा प्रत्येक स्वाभिमानी कांग्रेसीको शिर निहुरिने अबस्था सृजना भएको र देशमा सुशासन दिन नसकेको , जनताप्रति उत्तरदायित्व नदेखेकोले आफुलाई पार्टीप्रतिको आशा र भरोशा टुटेकाले पार्टी परित्याग गर्ने अबस्थामा पुगेको जनाउदै पार्टीको साधारण सदस्य समेत नरहनेगरी उपसभापति पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
नेपाली काग्रेसको १४ औं नगर अशिबेशनबाट अत्याधिक मतका साथ कार्की नगर उपसभापति पदमा विजयी भएका थिए । कार्कीले पार्टी परित्यागको घोषणा गरेपनि स्थानीय कांग्रेसी नेतृत्वप्रति भने कुनै गुनासो ब्यक्त गरेका छैनन् ।
