घुस काण्डको छानविन गर्न एमाले चौदण्डीगढी नगर कमिटीद्वारा छानविन समिति गठन ।

चौदण्डीगढी नगरपालिकामा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले सत्यतथ्य छानवीनको माग गरेको छ । आज (शुक्रवार) बेल्टार बजारस्थित पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै नगर प्रमुख कालुमानका निजी सचिवालय कर्मचारी देवप्रकाश राईले गरेको गतिबिधीले नेकपा एमालेको छवीलाई धमिलो बनाएको जनाउदै छानवीन हुनुपर्ने जनाएको छ । हिजो (विहिवार ) बसेको नगर कमिटी सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा राई संगठित सदस्यता निलम्बन गर्ने र छाननि गरी आबश्यक कारवाहीका लागि माथिल्लो कमिटीसमक्ष सिफारि गर्ने जनाएको छ ।

यस्तै नगर प्रमुख लामाका स्वकीय सचिव राईले गरेको गतिबिधीको सत्यतथ्य छनविन गर्न नगर कमिटी उपाध्यक्ष कृष्णबहादुर खत्रीको संयोजकत्वमा सचिव बिकास बन्जरा र उपसचिव मिनाकुमारी राई सदस्य रहेको ३ सदस्यीय छानविन समिति गठन गरेको छ भने समितिलाई ७ दिनभित्र यथार्थ प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ । यस्तै नीजि सचिवालयका कर्मचारी राईसंग सम्बन्धित अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकाको कर्मचारी नियुक्ती प्रक्रियामा आर्थिक चलखेल भएको बिषयमा सत्यतथ्य तथा तथार्थताको छानवीनको निष्कर्ष नआएसम्म हाल नयाँ नियुक्त भएका कर्मचारीहरुको काम कारवाही र चलिरहेको कर्मचारी नियुक्ति प्रक्रियाहरु स्थगीत गर्न नगरपालिकालाई सुझाव दिदै नगर प्रमुखलाई निर्देशन दिने निर्णय भएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा जिल्ला सचिवालय सदस्य किशोर ताम्राकारले भिडियोमा देखिएको मोवाईल नम्बर देवप्रकाश राईको रहेको जानकारी दिदै अडियो संवादमा रहेको आवाज राईको रहेको बताएका थिए भने नगर ईन्चार्ज राजेन्द्र कटुवालले यस्ता किसिमका गतिविधि अरु पनि हुन सक्ने बताउदै छानविन समिति गठन गरिएको बताएका थिए । त्यस्तै नगर अध्यक्ष श्यामकुमार राईले एमाले नगरमा स्वच्छ र पारदर्शी सरकारको पक्षमा रहेको जनाउदै नगर सरकार आफ्नै पार्टीको नेतृत्वमा रहेको भएता पनि यस्ता किसिमका गतिबिधीको बिरुद्धमा पार्टी एकजुट रहेको बताएका थिए । चैत्र २९ गते नगरप्रमुख कालुमान लामाका स्वकीय सचिव देवप्रकाश राईले नगरपालिकामा कर्मचारी भर्नाको लागि एक ब्यक्तिसंग एक लाख ५० हजार रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो । चैत्र २९ गते नगरपालिकाले नगरपालिकाको फेजबुक पेजमा निकालेको बिभिन्न पदको प्रारम्भिक सुचीको पोष्टमा ती ब्यक्ति र राईसंगको अडियो संवाद कुन्दन मेहता भन्ने ब्यक्तिले कमेन्टको रुपमा पोष्ट गरेका थिए । संवादमा राईले ती ब्यक्तिसंग १ लाख ५० हजार रुपैयाँ जागिर लगाईदिए वापत अग्रिमरुपमा बुझाउनुपर्ने बताउदै रकम आई एम ई गरेर पठाउन सुझाएका थिए ।

एता यसै बिषयमा हिजोमात्र चौदण्डीगढी नगरपालिकामा क्रियाशिल मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले छुट्टाछुट्ट विज्ञप्ती निकालेर नैतिकरुपमा नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गुराँगाईले राजीनामा दिनुपर्ने माग गरेका थिए ।