चौदण्डगढी नगरपालिकामा आगामी आर्थिक बर्षमा ८ वटा नयाँ पक्की कुलो निमार्ण हुने ।
चौदण्डगढी नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०/८१ मा साना सिचाईं योजना अन्तर्गत ८ वटा सिचाईका लागि नयाँ पक्की कुलो निमार्ण हुने भएको छ । स्वीजरल्याण्ड सरकारको ३० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र प्रदेश सरकारको २० प्रतिशत नगद अनुदान तथा स्थानीय सरकारको २० प्रतिशत र उपभोक्ता समितिको १० प्रतिशत लगानीमा चौदण्डगढी नगरपालिकामा निमार्ण हुने नयाँ योजनाका लागि स्वीजरल्याण्ड सरकार र नेपाल सरकारले यस आर्थिक बर्षमा १ करोड ९५ लाख ७२ हजार रुपैयाँ विनयोजन गरेको छ । त्यस्तै क्रमागत अन्तर्गत वडा नम्बर २ को चालिसे सिचाईं योजना गंगटेका लागि ६ लाख २८ हजार रुपैयाँ विनयोजन गरिएको छ । चौदण्डगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ मा नगरको १० वटै वडाको ३७ वटा कुलो र सिचाईंका योजनाहरु छनौटगरी पठाएकोमा ८ वटा मात्र योजनाहरु फिजिवल भएको जनाउदै स्वीकृत भएको थियो ।
नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०/८१ मा साना सिचा...

