चौदण्डीगढी नगरपालिकामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार भएको छ । आज, शनिवार वडा नम्बर ६ बगरटोल स्थित एक घरमा उदयपुर जिल्ला अध्यक्ष चित्रकुमार कार्कीको उपस्थितीमा बसेको बैठकले वडा नम्बर ६ का पुर्व अध्यक्ष कमलध्वज राईको संयोजकत्वमा नगर तदर्थ समिति गठन गरेको छ । संयोजकमा राई र सचिवमा केशव तिम्सिनालाई जिम्मेवारी दिईएको छ । नवनियुक्त संयोजक राईले अहिलेलाई नगर संयोजक र सचिव मात्र तोकिएको र पार्टीको सदस्यता लिएका सबैलाई समितिको सदस्यमा राखिएको बताएका छन् ।

यस्तै आजको बैठकले वडा नम्बर १ मा राजेन्द्र बस्नेत, वडा नम्बर २ मा मिना काफले, वडा नम्बर ३ मा नविन कुमार राई, वडा नम्बर ७ मा पदम बहादुर तामाङ्ग र वडा नम्बर ६ मा शम्भु बिश्वकर्मालाई संयोजक तोकेको राईले जानकारी दिएका छन् । जिल्ला सदस्य उत्तम रिजाल, क्षेत्र नम्बर १ का सदस्य प्रिया राई लगायतको उपस्थितीमा संगठन बिस्तार गरिएको र चाडै नै नगर समितिलाई पुर्णता दिने तथा बाँकी रहेको वडाहरुमा संयोजक तोकिने राईले बताएका छन् ।
