चौदण्डीगढी नगरपालिका शिक्षा समितिको गत चैत्र ४ गते बसेको बैठकले शैक्षिक सुधार अभियान अन्तर्गत नगरपालिकाका १९ वटा बिद्यालयको एकै पटक तह घटुवा गर्ने निर्णयले तरंग पैदा गरेको छ । समितिको यस निर्णयको विरोधमा घटुवा भएका बिद्यालयका अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, त्यस क्षेत्रका जनप्रतिनीधिहरु लगायत सरोकारवालाहरुले निरन्तर नगर प्रमुख कालुमान लामालाई भेटेर बिद्यालय सुधार गर्ने तथा बिद्यालयमा बिद्यार्थीको संख्या पनि बढाउन लाग्ने प्रतिबद्धतासहित निर्णय कार्यवयन नगर्न आग्रह गरेका छन् ।
हिजो मात्र वडा नम्बर ५ स्थित आधारभुत बिद्याल्य बेल्हा, वडा नम्बर ४ स्थित महादेवेश्र आधारभुत बिद्याल्य, बसहाथान, र वडा नम्बर ७ स्थित सगरमाथा आधारभुत बिद्याल्य भुल्केका प्रतिनीधिहरुले नगर प्रमुख लामालाई भेटेर एक बर्षको समय माग गर्दै निर्णय कार्यवयन नगर्न आग्रह गरेका छन् । भेटमा उनीहरुले बिद्यालयहरु निमार्णमा स्थानीयको धेरै मिहिनेत रहेको तथा यस बिधालयहरुमा गरिव, दलित, आर्थिक अबस्था कमजोर रहेका अभिभावकका बालबालिकाहरु अध्ययन गर्ने तथा साना कक्षाका पढ्ने वालबालिकाहरु आफ्ना दाईदीदिहरुसंग बिद्यालय आउने जाने गरेकाले बिद्यालयको तह घटुवा हुदाँ साना बालबालिकाहरु पनि बिद्यालय आउने अबस्था नहुने बताउदै बिद्यालय तह घटुवा गर्ने निर्णयमा पुनः बिचार गर्न आग्रह गरेका थिए । प्रत्युउत्तरमा नगर प्रमुख लामाले आफ्नै अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले जनप्रतिनीधि, शिक्षक, ब्यबस्थापन समितिका सदस्यहरुका बालबालिकाहरुलाई अनिवार्यरुपमा सामुदायिक बिद्यालयमा पढाउनुपर्ने निर्णय समेत गरेको जनाउदै नगरको निर्णय नगरको शैक्षिक सुधारका लागि गरिएको बताएका छन् । साथै नगर प्रमुख लामाले नगरपालिकाले निर्णय गरेपछि एक किसिमको तरंग पैदा भएको र अभिभावक, शिक्षक, ब्यबस्थापन समितिका प्रतिनीधिहरु आएर बिद्यालयको शिक्षामा सुधार र बिद्यार्थी संख्या बढाउन लाग्ने प्रतिबद्धता गरिरहेकोले बिद्यालयको प्रतिबद्धता र अबस्था हेरेर निर्णय गर्ने बताउदै निर्णयमा पुर्णबिचार हुनसक्ने संकेत गरेका छन् ।
यसअघि वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीसहित आएको अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका सदस्य र सरोकारवालाहरुसहितको जुलुशले बेल्टार बजार परिक्रमा गरी नगरपालिका पुगेका थियो । बजार परिक्रमाका क्रममा उनीहरुले नगरपालिकाको निर्णयको चर्को बिरोध गरेका थिए । नगरपालिका पुगेको टोलीले नगर प्रमुख लामासंग बिद्यालय क्षेत्रमा हस्तक्षेप भएको बताउदै सरसल्लाह गरेर मात्र अगाडी बढ्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, पुर्व वडा अध्यक्ष रामकुमार खड्का लगायतले नगरपालिकाले बिद्यालय सुधारका लागि अग्रिम निर्देशन नदिई एक्कासी कारवाही गरेको बताउदै निर्णयमा पुनःबिचार गर्न पनि आग्रह गरेका थिए ।
चैत ४ गते नगर प्रमुख तथा नगर शिक्षा समितीका अध्यक्ष समेत रहेका कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितीको बैठकले नगर भित्रका बिद्यालयका शैक्षिक गुणस्तर, सिकाइ उपलब्धी, शिक्षक दरवन्दी, बिधार्थी संख्या, भौतिक पुर्वाधार समेतलाई मध्यनजर गर्दै बिद्यालयको तह घटुवा गर्ने निर्णय गरेको थियो । नगरपालिकाले १० कक्षासम्मको पढाई हुने मावी तहको २ वटा, ८ कक्षासम्मको पढाई हुने आधारभुत बिद्यालय तहको ५ वटा, ५ कक्षासम्म पढाई हुने आधारभुत बिद्यालय तहको ९ वटा र ३ कक्षासम्म पढाई हुने ३ वटा बिद्यालयलाई तह घटुवा गरेको हो । नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार कुवँरका अनुसार यसअघि १० कक्षासम्मको मावी तहको अध्यापन हुने जनविकास मावी भिमा र सगरमाथा मावी भोलेर्नीलाई ८ कक्षासम्मको अध्ययपन हुने आधारभुत बिद्यालयमा घटुवा गरेको छ । यस्तै यसअघि ८ कक्षासम्मको अध्ययपन हुने आधारभुत बिद्यालयहरु महादेवेश्वर आवी, बसहाथान, जनज्योती आवी अमलचौरी, आवी बेल्हा, सगरमाथा आवी भुल्के र भिमसेन आवी देवधारको तह घटुवा गरी ५ कक्षामा झारिएको छ । त्यस्तै यसअघि कक्षा ५ सम्म पढाई भैरहेको आवी छुईला, बुद्ध जनता आवी गँगटे, रक्तमाला आवी सुघारे, वाल ज्याती आवी हात्तिसार, कोकन आवी ढेलाचौरी, जयमाला आवी कालिटार र आवी खैरालाई ३ कक्षा सम्म अध्यापन हुने बिद्यालयमा झारिएको छ भने कक्षा ५ सम्म पढाई भैरहेको जनसेवा आवी सवालीटोललाई वालबिकास ईसिडीमा झारिएको छ । यस्तै यसअघि ३ कक्षासम्म संचालित शिखर आवी शिखरपुर, राजाजी आवी हात्तिसार हडिया र नमुना आवी डाँडाटोल हडियालाई वालबिकास अध्यापन हुने ईसिडी बिद्यालयमा तह घटुवा गरिएको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरले बताएका छन् । यस्तै समायोजन भएका बिद्यालय मध्ये माध्यमिक बिधालयमा स्थायी, अस्थायी , करार वा राहत कुनै पनि दरवन्दी नरहेको, तथा १देखी ८ आधारभुत बिद्यालयबाट समायोजन भइ आएका १० ओटा नि.मा.वी. दरवन्दी अन्य आवश्यक बिद्यालयमा आन्तरिक काज सरुवा गरिएको छ । भने १ देखी ५ र १ देखी ३ बाट ईसिडीमा समायोजन हुँदा ९ बिद्यालय बाट आएका २१ दरवन्दी समेत आन्तरिक काज सरुवा गरी आवश्यक बिधालयमा समायोजन गरिएको कुवँरले जानकारी दिएका छन्
