चौदण्डीगढी नगरपालिकामा गरिव परिवार परिचय पत्र बितरण कार्य शुरु ।

चौदण्डीगढी नगरपालिकाले गरिव घर परिवार पहिचान गरी , गरिव परिवार परिचय पत्र बितरण कार्यको शुरुवात गरेको छ । हिजो वडा नम्बर ३ को कार्यालय आमसाल, बसहाबाट गरिव परिवार परिचय पत्रको बितरण शुरु गरिएको हो । वडा कार्यालयमा भएको कार्यक्रममा वडा अध्यक्ष पर्शुराम राईले गरिव घर परिवार पहिचान भएका ३ नम्बर वडाका ५६ जना घर परिवारलाई परिचय पत्र वितरण गरेका थिए । सो कार्यक्रममा नगरको सामाजिक शाखाका प्रमुख सत्य नारायण हुजदार लगायतको उपस्थिती रहेको थियो ।

                     नेपाल सरकार भुमी ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा बिद्युतीय प्रणालीबाट नगरपालिकाको गाँउ, वस्ती र टोल टोलमा स्थलगत रुपमा पुगेका गणकहरुले तथ्याङ्ग संकलन गरेको सामाजिक शाखा प्रमुख हुजदारले जानकारी दिएका छन् । गरिव घर परिवार परिचय पत्र प्राप्त गर्ने गरिव परिवारले राज्यबाट प्राप्त गर्ने सुबिधा प्रयोजनार्थका लागि काम लाग्ने हुजदारको भनाई छ । उनले अहिले वडा नम्बर ३ मा परिचय पत्र बितरण गरिएको र नगरका अन्य वडाहरुमा पनि क्रमशः परिचय पत्र बितरण गरिने जानकारी दिएका छन् । नगरमा २ हजार ३७ घर परिवार गरिवीको रेखामुनी रहेको तथ्याङ्ग रहेको छ ।

                   नगरपालिकाले जनसंख्या तथा मानवीय अबस्था, परिवार सदस्यको रोजगारीको अबस्था, आम्दानीको श्रोत, परिवारमा आश्रित ब्यक्तिहरुको संख्या, घरको अबस्था, घरायसी सम्पती, घरायसी सुबिधा, भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिवीको अबस्था, जातजातीगत गरिवीको अबस्था, जग्गा जमिनको अबस्था र त्यसको अनुमानित मुल्य लगायत परिवारको समग्र आम्दानीको आधारमा मापदण्ड निर्धारण गरी गरिव परिवार र गरिवीको प्रकार पहिचान गरेको सामाजिक शाखा प्रमुख हुजदारले बताएका छन् ।