स्थानीय

श्रेष्ठका परिवारद्वारा ज्योति जनता बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना ।

श्रेष्ठका परिवारद्वारा ज्योति जनता बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना ।

लाइभ खबर, स्थानीय
समाजसेवी नारायण प्रसाद श्रेष्ठका परिवारद्वारा उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेस्थित ज्योति जनता बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । आज सातधारेस्थित क्याम्पसको सभाहलमा भएको कार्यक्रममा ज्योति जनता बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका समाजसेवी तथा बौद्धिक ब्यक्तित्व नारायण प्रसाद श्रेष्ठका परिवारजनका तर्फबाट स्वर्गीय वुवा अन्तनारायण श्रेष्ठ र आमा विष्णु कुमारी श्रेष्ठको स्मृतीमा २ लाख बराबरको छात्रबृती कोष स्थापना गरिएको हो । अक्षयकोष स्थापनाको लागि पाँच भाई छोराहरु नारायणप्रसाद श्रेष्ठ, गोविन्द श्रेष्ठ, गणेश श्रेष्ठ, रमेश श्रेष्ठ र दिनेश श्रेष्ठ ,त्यस्तै तीन छोरीहरु लक्ष्मी श्रेष्ठ, भगवती श्रेष्ठ र शान्ता श्रेष्ठले रकम प्रदान गरेको बताइएको छ । क्याम्पसका अध्यक्ष समेत रहेका श्रेष्ठले बुबाआमाको स्मृतीमा स्थापना गरिएको कोषबाट आउ...
दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक ।

दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक ।

खेलकुद, मुख्य खबर, स्थानीय
उदयपुरको बेलका नगरपालिकामा सम्पन्न दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक भएको छ । आयोजक  ब्रदरहुड फुटवल क्लब वेलकाले आज रामपुरस्थित नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी आयब्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष रविन तामाङ्गले प्रस्तुत गरेको सार्वजनिक आयब्ययअनुसार दोश्रो संस्करणकोप्रतियोगिताबाट १३ लाख ७२ हजार ५ सय ८७ रुपैयाँ आम्दानी गरेको थियो भने १३ लाख ३ हजार १ सय १६ रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट ६९ हजार ४ सय ७१ रुपैयाँ बचत गर्न सफल भएको तामाङ्गले जानकारी दिएका थिए । गत बर्ष सम्पन्न दोश्रो संस्करणको विजेता उदयपुरको गाईघाट फुटवल क्लब रहेको थियो भने उपविजेता एभरेष्ट फुटवल क्लब सुनसरी भएको थियो । विजेताले  १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए...
नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा छानविन समिति गठन ।

नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा छानविन समिति गठन ।

लाइभ खबर, स्थानीय
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी भएको विषयमा छानवीन गर्न चौदण्डीगढी नगरपालिकाले नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा ३ सदस्यीय छानविन समिति बनाएको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बेल्टार बजारस्थित नगरपालिको कार्यालयमा आज बसेको बैठकले नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष राउतको संयोजक्तवमा छानविन समिति बनाउने निर्णय गरेको हो । समितिको सदस्यमा वन तथा वाताबरण समितिका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई र नगर पुर्वाधार शाखाका प्रमुख ईन्जिनियर सन्तोष राई रहेका छन् । समितिलाई ३ दिन भित्र छानविनगरी प्रतिवेदन बुझाउन भनिएको छ । यसैबिच नगरमा क्रियाशिल विपक्षी दलहरुले आज संयुक्त विज्ञप्ती निकालेर यस विषयमा सत्यतथ्य छानविनको माग गरेका छन् । बिज्ञप्तीमा नियमन गर्ने निकाय स्थानीय सरकार, स्थानीय प्रशासन तथा ठेकेदारसहितको मिलेमतोमा अख्तियार तथा शक्ति र श्रोतको...
विषालु जङ्गली च्याउ खाँदा चौदण्डीगढीमा एकै परिवारका आठ जना बिरामी।

विषालु जङ्गली च्याउ खाँदा चौदण्डीगढीमा एकै परिवारका आठ जना बिरामी।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । वडा नम्बर ९ अजगराका ललकु सदाको परिवार जङ्गली च्याउ खाएर विरामी भएको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । राउतका अनुसार जङ्गली च्याउ खाएर सदा परिवार विरामी भएको जानकारी पाउनासाथ उनीहरुको उद्धार गरी उपचारका लागि आधारभुत नगर अस्पताल बेल्टारमा ल्याएको बताएका छन् । विरामी हुनेमा ५५ बर्षिय ललकु सदा, उनकी ८५ बर्षिया आमा गवनी सदा, ६० बर्षिया श्रीमति गिता सदा, ३१ बर्षिया छोरी सन्जु सदा, भाईबुहारी २९ बर्षिया सरिता सदा, दुई भतिजीहरु १० बर्षिया सन्धया सदा र ११ बर्षिया सज्जा सदा रहेका छन् । सदा परिवारले आज बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । च्याउ खाएर सिकिस्त विरामी भएका गवनी सदा, गीता सदा र सरिता सदासहित सबैका प्राथमिक उपचार नगर अस्पताल बेल्टार गरिएकोे थियो भने उनीहरुल...
चौदण्डीगढीमा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट / संस्थागततर्फ  पुमा बोडिङ्ग स्कुलको नतिजा शत प्रतिशत ।

चौदण्डीगढीमा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट / संस्थागततर्फ पुमा बोडिङ्ग स्कुलको नतिजा शत प्रतिशत ।

लाइभ खबर, स्थानीय
सोमबार सार्वजनिक कक्षा १२ को परिक्षामा उदयपुरको चौदण्डीगढी नगरपालिकामा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट भएका छन् । वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरी मावीकी छात्रा निर्मला खड्काले नगरमै ३.७८ जिपिए ल्याएर उत्कृष्ट भएकी हुन् । खड्का जिल्ला मै उत्कृष्ट भएको सो विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले जानकारी दिएका छन् । चौदण्डीगढीमा ९ वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालयगरी ११ वटा बिद्यालयका ५ सय ८३ जनाले परिक्षा दिएकोमा ३ सय ४४ जना ग्रेडेड भएका छन् । नगर शिक्षा शाखाका शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार कक्षा १२ को नतिजामा यस पटक सुधार देखिएको छ । वडा नम्बर ८ लुङिन्टारस्थित जनता माविको नतिजा सामुदायिक बिद्यालयतर्फ उत्कृष्टको देखिएको छ । जनता मावी लुङिन्टारबाट २९ जना बिद्यार्थी परीक्षामा सहभागी भएकोमा २७ जना अर्थात ९३.१ प्रतिशत बिद्यार्थी ग्रेडेड भएका छन् । यस्तै थानपोखरी ...
चौदण्डीगढीमा पटक पटक जरिवाना गरेपनि  औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालित।

चौदण्डीगढीमा पटक पटक जरिवाना गरेपनि औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालित।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा पटक पटक जरिवाना गरेपनि मापदण्ड विपरीत औषधि पसलहरु सञ्चालित रहेको भेटिएको छ । गत महिना नगरपालिकाको बजार अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित रहेका औषधि पसलहरुलाई जरिवाना गरेको थियो । तर झण्डै एक महिनापछि आज सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार र बसहामा रहेका औषधी पसलहरुमा छड्के अनुगमान गर्दा नगरपालिकाको बजार अनुगमन टोलीले जरिवाना गरेका केही पसलहरु मापदण्ड विपरीत नै सञ्चालित रहेको भेटिएपछि उनीहरुलाई पुनः जरिवाना गरिएको हो । अनुगमन टोलीले बेल्टार बजारस्थित पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको छ भने वसहास्थित महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हल सिल गरेको छ । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको थियो भने अवैधान...
वडा कार्यालयको पहलमा चौदण्डीगढीकी ८१ बर्षिया बृद्धाले  प्राप्त गरिन् नागरिकता।

वडा कार्यालयको पहलमा चौदण्डीगढीकी ८१ बर्षिया बृद्धाले प्राप्त गरिन् नागरिकता।

लाइभ खबर, स्थानीय
वडा कार्यालयको पहलमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ की ८१ बर्षिया बृद्धाले नागरिकता प्राप्त गरेकी छिन् । वडा अध्यक्ष लुङ्गराज राईको पहलमा प्रमुख जिल्ला अधिकारीले आज बसहा मकमडाँडाकी ८१ बर्षिया बृद्धा कालमाया राईलाई नागरिकता प्रदान गरेको हो । बृद्ध अबस्थाको भएर पनि सामाजिक सुरक्षा भत्ताका लागि नाम नभएपछि वडा अध्यक्ष राईले बृद्धाको विषयमा सोधखोज गरेका थिए । विक्रम सम्वत २००१ साल बैशाख १ गते जन्ममिति भएपनि कालमायाको नागरिकता भने थिएन । वडा अध्यक्ष राईले आबश्यक कानुनी प्रक्रिया पुरा गरेर बृद्धालाई आज सदरमुकाम गाईगाट लगेका थिए । ५ छोरा र २ छोरीकी आमा कालमाया नागरिकताको अभावमा सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुदै आएकी थिईन भने श्रीमानको मृत्यू पश्चात जग्गा नामसारी समेत हुन सकेको थिएन । यस्तै उनी मताधिकारबाट समेत बन्चित भएकी थिईन् । उनलाई आज बंशजको आधारमा नेपाली नागरिकता प्रदान ग...
चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै /राजानागी टोलमा ७८ जनाले रोजे एमाले।

चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै /राजानागी टोलमा ७८ जनाले रोजे एमाले।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनबाट नगरमा एमाले नेतृत्वको सरकार बनेपछि विकास निमार्णमा आएको तिव्रतालाई देखेर एमाले पार्टी प्रबेश गर्नेहरुको संख्या थपिदै गएको हो । यसैक्रममा आज वडा नम्बर ३ राजानागी टोलमा भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी ७८ जनाले एमाले रोजेका छन् । यस अघि पनि सोही वडाको स्कुलडाँडा, अजिङ्गगरे, रमाईलोडाँडामा भएको पार्टी प्रबेश कार्यक्रमबाट झण्डै एक सयको हाराहारीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, रास्वपा लगायतको पार्टी परित्याग गरेर एमालेमा प्रबेश गरिसकेका छन् । विकास नै प्राथमिकताको विषय भएको र एमालेले मात्र विकास निमार्णको कार्यलाई अगाडी बढाउन सक्छ भन्ने विस्वासमा एमाले पार्टी प्रबेश गरेको उनीहरुले बताएका छन् । आज माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रबेश ...
चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीलाई पुर्ण छात्रबृती ।

चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीलाई पुर्ण छात्रबृती ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएका छन् । नगरको शिक्षा स्थितीलाई ब्यबस्थित गर्न योजनाबद्धरुपमा कार्य गरिरहेको चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयहरुले प्रदान गर्ने गरेको छात्रवृतीलाई पारदर्शी बनाउदै ५ सय २२ जना बिद्यार्थीलाई सत प्रतिशत छात्रबृती दिलाउन सफल भएको हो । यस अघि संस्थागत बिद्यालयहरुले मनोमानीढंगबाट प्रदान गर्ने गरेको छात्रबृतीलाई नगर शिक्षा शाखाले ब्यबस्थित गरेको हो । नगर शिक्षा शाखा र संस्थागत बिद्यालय संचालकबीच भएको सहमति अनुसार १० प्रतिशत पुर्ण छात्रबृती दिने सम्झदारी अनुसार शैक्षिक शत्र २०८२ का लागि संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत सुरज कार्कीले जानकारी दिएका छन् । यस बाहेक बार्षिक प...
चौदण्डीगढीमा पहिलो पटक कोरा साईक्लिङ्ग च्यालेन्ज सफलतापुर्वक सम्पन्न  ।

चौदण्डीगढीमा पहिलो पटक कोरा साईक्लिङ्ग च्यालेन्ज सफलतापुर्वक सम्पन्न ।

मनोरन्जन, लाइभ खबर, स्थानीय
चौदण्डीगढी साईकल सिटीको आयोजनामा आज पहिलो पटक भएको कोरा साईक्लिङ्ग च्यालेन्ज सफलतापुर्वक सम्पन्न भएको छ । माई कोरा च्यालेन्ज अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु गरी बेल्टार–धप्पर, माडिबास, गंगटे, यस्तै वेलका नगरपालिकाको सुपाडे, चौदण्डीगढी नगरपालिको शनिवारे हुदै वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर हुदै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर ५०.५ किलोमिटर लामो यात्रा समापन भएको हो । बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु भएको यात्रालाई नगर प्रमुख कालुमान लामाले रिवन काटेर विदाई गरेका थिए भए सोक्रममा नेवारी परम्परामा रहेर सहभागी साईक्लिस्टहरुलाई अण्डा, भटमास, रक्सी, दही लगायतका सगुन खुवाएर विदाई गरिएको थियो । विदाई कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अ...