चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै /राजानागी टोलमा ७८ जनाले रोजे एमाले।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनबाट नगरमा एमाले नेतृत्वको सरकार बनेपछि विकास निमार्णमा आएको तिव्रतालाई देखेर एमाले पार्टी प्रबेश गर्नेहरुको संख्या थपिदै गएको हो । यसैक्रममा आज वडा नम्बर ३ राजानागी टोलमा भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी ७८ जनाले एमाले रोजेका छन् । यस अघि पनि सोही वडाको स्कुलडाँडा, अजिङ्गगरे, रमाईलोडाँडामा भएको पार्टी प्रबेश कार्यक्रमबाट झण्डै एक सयको हाराहारीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, रास्वपा लगायतको पार्टी परित्याग गरेर एमालेमा प्रबेश गरिसकेका छन् । विकास नै प्राथमिकताको विषय भएको र एमालेले मात्र विकास निमार्णको कार्यलाई अगाडी बढाउन सक्छ भन्ने विस्वासमा एमाले पार्टी प्रबेश गरेको उनीहरुले बताएका छन् । आज माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रबेश गरेका वल बहादुर लामिछानेले एमाले नेतृत्वमा बनेको नगर सरकारले नगरमा शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधार निमार्णको क्षेत्रमा कार्य गरेको हुनाले एमालले नै विकास गर्ने विस्वास ब्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले त्यहाँका जनताको माग अनुसार सिचाईका लागि त्यहाँस्थित पोखरीलाई फराकिलो बनाउने, सडकलाई स्तरोन्नती गर्ने, कल्भर्ट निमार्ण लगायतका मागहरुलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, एमाले उपाध्यक्ष समेत रहेका नगर प्रमुख कालुमान लामा, जिल्ला सचीव टेकबहादुर राउत लगायतको उपस्थिती रहेको थियो।