नेपाल स्काउट चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश ।
मानवीय सेवामा सक्रिय परोपकारी स्वंमसेवी संस्था नेपाल स्काउटले उदयपुरको चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश गरेको छ । वडा नम्बर ६ बेल्टार बजारस्थित ज्योती माध्यमिक बिद्यालयका ३२ जना बिद्यार्थीहरुलाई दुई दिने स्काउट अभिमुखीकरण प्रदान गर्दै नगरमा स्काउटलाई बिस्तार गरिएको छ । अभिमुखीकरण कार्यक्रममा बिद्यालयका कक्षा ७, ८र ९ का १६ जना छात्र र १६ जना छात्रागरी ३२ जना बिद्यार्थी सहभागी भएका थिए । हिजो भएको समापन कार्यक्रममा दिक्षित भएका बिद्यार्थीहरुलाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा , उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, ज्याती माबि बेल्टारका प्रधानाध्यापक राजकुमार ओझा लगायतले स्काउटको लोगो तथा स्कार्फ लगाईदिएका थिए । पालिकामा मेयर संरक्षक र उपमेयर प्रमुख स्काउट हुने प्राबधान रहेको छ ।
कोशी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको सबै बिद्यालयमा स...

