डान्स च्याम्पियन उदयपुरको फाईलन आगामी आषाढ २ गते शनिवार बेलटारमा हुने ।
कुशल र प्रतिभाशाली नृत्यांगनाको खोजी गर्ने रियालिटी कार्यक्रम डान्स च्याम्पियन उदयपुर आफ्नो अन्तिम चरणमा पुगेको छ । उदयपुर मिडिया हवको आयोजनामा गत फागुन १ गतेबाट शुरु भएको कार्यक्रमको फाईलन प्रतियोगिता आगामी आषाढ२ गते शनिवार बेल्टार बजारस्थित सिटी हलमा हुने आयोजकले जानकारी दिएको छ । उदयपुर मै पहिलो पटक नृत्यको माध्यमबाट नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्यले संचालन भएको कार्यक्रममा उदयपुरका बेल्टार, रामपुर, गाईघाट, मुर्कुची, नेपालटार, कटारी लगायतको स्थानमा छनौट प्रतियोगिताको संचालन गरी झण्डै १०० जना बालबालिकाहरुलाई बिभिन्न चरणमा बिज्ञ प्रशिक्षकबाट ट्रेनिङ्ग र गुम्रिङ्गका प्रशिक्षणहरु दिएको आयोजकले बताएको छ ।
अहिले अन्तिम चरणको भोटिङ्ग भैरहेको छ भने अन्तिम चरणमा गाईघाटकी सुस्मा दाहाल, सुविना बस्नेत, श्रद्धा अधिकारी, रिजोल राई, करिना तामाङ्ग र गरिमा तामाङ्ग त्यस्तै बेलका रामपुरकी रस...


