नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार ।
नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार भएको छ । वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकमा ९५ औं शाखाको रुपमा आज बैंकको सफ्ट लन्च गरिएको बैंकका प्रबन्धक बिनय ढुंगेलले बताएका छन् । आजबाट बैंकमा सेवाग्राहीको खाता खोल्ने लगायतको कार्य शुरु भएको छ। बैंकले भारतीय भुपु सैनिकहरुको पेन्शन वितरण लगायत सबै सेवा सुचारु गर्ने ढुंगेलले बताएका छन् । आजबाट अनौपचारिक रुपमा बैंकले सेवा शुरु गरेपनि दशै तिहारपछि मात्रै बैंकको औपचारिकरुपले उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका प्रबन्धक ढुंगेलको भनाई छ ।
स्थानीय भुतपूर्व भारतीय सैनिकहरुको बिशेष पहल र वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतको साथ सहयोगमा बैंकको शाखा बेल्टार बजारमा ल्याउन सफल भएको पुर्वाञ्चल भारतीय भुपु सैनिक कल्याणकारी परिषद नेपाल उदयपुरका अध्यक्ष मविराज राईले जानकारी दिएका छन् । यसअघि पेन्शनको पैसा लिन धर...








