नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अबिधेशनका लागि उदयपुरको सबै पालिकाबाट प्रदेश प्रतिनीधिहरु सर्वसम्मतरुपमा चयन भएका छन् । असोज ५ गतेसम्ममा प्रदेश प्रतिनीधिहरु छनौट गरिसक्नुपर्ने निर्वाचन कार्यतालिका अनुसार हिजो उदयपुरको ८ बटै पालिकाबाट प्रतिनीधिहरु छनौट भएको कोशी प्रदेश उपसचिव शैलेस लामाले जानकारी दिएका छन् । सबैपालिकाहरुमा प्रतिनीधि बन्न चाहने आकांक्षीहरु धेरै भएपनि नेतृत्व तहबाट सहमति मै प्रतिनीधि छनौट गरिनुपर्ने बताएपछि निर्वाचनमा नगई निर्विरोध प्रतिनीधिहरु चयन भएका छन् । उदयपुरमा सर्वसम्मत प्रतिनीधि चयन गराउनमा उपसचिव लामा, प्रदेश सचिवालय कमिट सदस्य ईश्वरमणि राउत, उदयपुर जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरे, सचिव कालुमान लामा लगायतका नेताहरुले सहजीकरण गरेका थिए ।
उदयपुरगढी गाँउपालिकाबाट प्रदेश प्रतिनीधिमा खुल्लातर्फ शैलेस लामा र गोपाल खत्री , महिलाबाट संगीता बि क.सर्वसम्मत चयन भएका छन् भने चौदण्डीगढी नगरपालिकाबाट महिला प्रतिनीधिमा कान्ता राई, खुल्लाबाट पदम राई र शम्भु पौडेल , त्यसैगरी बेलका नगरपालिकाबाट खुल्लामा दुर्गा कुमार थापा र धनपती आचार्य , महिलाबाट सिर्जना तामाङ प्रदेश प्रतिनीधि चयन भएका छन् । यस्तै रौतामाई गाँउपालिकाबाट खुल्लातर्फ अम्बर बा रायमाझी , जिवन कार्की र कैलाश बस्नेत , महिलामा कुमारी मगर चयन भएका छन् । त्यस्तै ताप्ली गाँउपालिकाबाट खुल्लामा बाबुराम राई र महिलामा कमला माया राई , त्यसैगरी कटारी नगरपालिकाबाट खुल्लमा ज्ञानेन्द्र श्रेष्ठ, जिबनाथ दाहाल , रतन पोखरेल कला घले र गिता खड्का, लिम्चुङबुङ गाँउपालिकाबाट देबराज राई सर्वसम्मत चयन भएका छन् । यस्तै त्रियुगा नगरपालिकाबाट इश्वरमणि राउत , भागवत राउत , बिमल कार्की , प्रकास बस्नेत, नारदराज थापा , चन्द्र नारायण चौधरी, धिरेन्द्र दाहाल , गिता रेग्मी , भवानी थापा र महेश्वरी राई निर्विरोध तयन भएका छन् । मजदुरबाट माया भण्डारी, दिल बा तामाङ , कृष्ण बा के सी, दलितबाट फुन्दे बि क र बेनी बा सार्की चयन भएको नेकपा एमाले उदयपुरले जनाएको छ ।
पार्टीको कोशी प्रदेश कार्यालयले गत भदौ ११ गते पठाएको अन्तर पार्टी निर्देशिका अनुसार तोकिएको पालिका निर्वाचन ईकाईका आधारमा पार्टी सदस्य संख्या एक हजारसम्मका लागि प्रत्येक एक सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनीधि निर्वाचन गर्ने र त्यसरी निर्वाचन गर्दा ५० वा सो भन्दा बढी शेष रहेको अबस्थामा त्यस्तो ईकाईमा थप १ जना निर्वाचित गर्न सकिने तथा निर्वाचित हुने प्रतिनीधिको संख्याको न्युन्तम एक तिहाई सदस्य महिला प्रतिनीधि हुनुपर्ने प्रावधान रहेको थियो । आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम कोशी प्रदेश अबिधेशनका लागि तयारी तिव्ररुपमा भैरहेको र प्रचारप्रसारलाई ब्यापक बनाइएको उपसचिव लामाले बताएका छन् ।
