माओवादी केन्द्रद्वारा चौदण्डीगढी नगरपालिकामा सार्वजनिक हितका गतिबिधीहरु संचालन ।

“जन–जनमा माओवादी, घर–घरमा माओवादी“ भन्ने जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले सार्वजनिक हितका गतिबिधीहरु संचालन गरिरहेकोे छ । अभियान अन्तर्गत आज संविधान दिवसको अवसरमा चौदण्डीगढी नगरपालिकामा नगर पार्टी कमिटी, वडा कमिटीहरु र वाईसीसयलको संयुक्त सक्रियतामा बेल्टार बजार र भुल्केबीचको मदन भण्डारी लोकमार्गमा पर्ने सेल्फी रोड वरिपरिका झाडी फडानी गरि सरसफाई गरिएको छ । ३ महिने अभियान अन्तर्गत जनताका गुनासोहरु सुन्ने, पार्टी गतिबिधि बारेमा सुनाउने, जनतालाई पार्टीसंग जोड्ने, सार्वजनिक हितमा गतिबिधीहरु संचालन गर्ने नीति अनुसार आज सो क्षेत्रको सरसफाई गरिएको माओवादी केन्द्र नगर कमिटीकी उपाध्यक्ष हिरा थापाले बताएकी छिन् ।

भदौ १६ गते प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेकोे अभियान अन्तर्गत माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यसै अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ मा अन्तक्रिया, वडा नम्बर २ मा पार्टीको जिम्मेवारीमा रहदारहदै असामयिक निधन भएका सहयोद्दाहरुको परिवारलाइ तथा पुर्ब जनमुक्ति सेनाका परिवारलाइ सम्मान कार्यक्रम , वडा नम्बर ३ मा सहिद निस्चलको स्मृतिमा भलिबल प्रतियोगिता, वडा नम्बर ४ शनिबारेमा बजार सरसफाइ, वडा नम्बर ५ मा बजार लाइन सिवाइमा बुस कटिङ्ग, वडा नम्बर ६ मा बेल्टार बजार सरसफाइ, वडा नम्बर ७ मा जेष्ठ तथा एकल महिलाहरुलाइ दोसल्ला ओढाइ सम्मान , वडा नम्बर ८ , ९ , १० मा अन्तक्रिया कार्यक्रम गरी चौदण्डीगढी नगरपालिकामा अभियानको सुरुवात गरिएको जनाउदै माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राईले अभियानसगै जनताको घर घर गै गुनासो सुन्ने र अभियान बारे पार्टीको कुरा सुनाउने कार्यक्रम भै रहेको जानकारी दिएका छन् ! अभियान कै क्रममा वडा नम्बर ३ अन्तर्गत रमाइलो टोलमा बिधुत भोल्टेज सुधार अन्तर्गत ५०० मिटर तार जडान तथा ५० किलोभोल्टको ट्रान्सफर्मर राख्ने कार्य गरिएको, वडा नम्बर ४ भितेली टोलमा पनि ५० किलोभोल्ट ट्रान्सफर्मर राख्ने कार्यको लागि पहल गरिएको यस्तै अभियान अन्तर्गत नै नगरका महिलाहरुको नेतृत्वमा तिजको अबसरमा वडा नम्बर ५ निबासी एकल महिला तारिणी राईलाई खाधन्न सहयोग गरेको , ढेलाचौरी स्थित शिबालय मन्दिर पार्कको सरसफाई गरिएको, त्यस्तै वडा नम्बर ६ स्थित कौवाखोज पिकनिक स्पोटको सरसफाइ गरेको राईले बताएका छन् ।

पार्टी संगठन निर्माण गर्ने , स्थानीय क्षेत्रमा सुशासनको लागि खबरदारी गर्ने उदेश्य सहित सबै जनतासग जोडिने, माओवादी नेतृत्व , आन्दोलनबारे आलोचना सुन्ने रुपान्तरण हुन प्रतिबद्धता जनाउने, जनताका घर घर गै सरकारले गरिरहेको राम्रा कामबारे सुसूचित गराउने , संगठित गर्ने, पार्टी सदस्य नवीकरण गर्दै मङ्सिर १५ गतेसम्म सबै वडा सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष राईले जानकारी दिएका छन् । अभियानको जिम्मेवारी अन्तर्गत बडा नम्बर १ को जिम्मेबारी प्रदेश सदस्य राजन किराँतीलाई दिइएको छ भने वडा नम्बर २ मा नगर अध्यक्ष – दिनेश राई, वडा नम्बर ३ मा डिबि लामिछाने, वडा नम्बर ४ मा खड्ग सेन्चुरी, त्यस्तै वडा नम्बर ५ मा नगर इन्चार्ज देब नारायण चौधरी, वडा नम्बर ६ मा नगर सहसचिव बिदुर राई , वडा नम्बर ७ मा नगर उपाध्यक्ष हिरा थापा, वडा नम्बर ८ मा नगर सचिब– कुमार राई, वडा नम्बर ९ मा अर्का नगर उपाध्यक्ष गिता पराजुली र केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अमनलाल मोदि र वडा नम्बर १० मा  रमेश थापालाई इन्चार्ज बनाइ जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।