चौदण्डीगढी नगरपालिकामा गत आर्थिक बर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

चौदण्डीगढी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । हिजो बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको वार्षिक समिक्षा कार्यक्रममा नगरका १० बटै वडाका वडा सचिव तथा नगरपालिकाका शाखा प्रमुखहरुले आ आफ्नो वडा र शाखाको प्रगती बिबरणसहित वडा र शाखाले गरेका कामहरुको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले सम्बोधन गर्दै वडा तथा शाखा प्रमुखहरुलाई स्वीकृत आयोजनाहरुको कार्यवन्यनमा पारदर्शितासहित काम गर्न, वडा कार्यालयहरुमा संकलन हुने राजश्व ढिलोमा मासिक रुपमा राजश्व शाखामा दाखिला गर्र्न अन्यथा वडाले प्राप्त गर्ने अनुदान र कर्मचारीको तलव रोकिने बताएका थिए । उनले राजश्व ताखिला भएपछि मात्र अनुदान , तलव निकाशा हुने प्रष्ट पारेका थिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले सडक बत्तीको संरक्षण गर्र्न, प्रहरी चौकी निमार्ण लगायतका कार्यमा वडा र शाखाले रकम दिदाँ माथिल्लो निकायसंग समन्वय गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको रेकर्ड नियमितरुपमा अपडेट गर्र्न तथा वडा सचिव र शाखा प्रमुखहरुले वडा र शाखाले गरेको कामको बारेमा मासिक रुपमा प्रगती विवरण पेश गर्र्न निर्देशन दिएका थिए ।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार कर्मचारीले काम गरेमा नगरपालिका सफल हुने बताएका थिए । उनले जनताको असिमित चाहाना हुने तर सिमित साधनश्रोतले काम गर्नुपर्ने भएको हुनाले क्रमागत बिकासको योजनाहरु छानेर काम गर्दा सजिलो हुने धारणा राखेका थिए । नगर प्रमुख लामाले राजश्व सोचे जस्तो नउठेको हुनाले वडा सचिवहरुले यसमा ध्यान दिनुपर्ने बताएका थिए । उनले जनप्रतिनीधिले मात्र होईन कर्मचारीले पनि जवाफ दिनुपर्ने बताउदै जनउत्तरदायी भएर काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगर उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।