९ औं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिता आगामी असोज २७ गतेदेखि सुरु हुने ।

चौदण्डीगढी नगरपालिकाको संयोजनमा ९ औं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिता आगामी असोज २७ गतेदेखि सुरु हुने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा स्थित नारद आदर्श शिक्षा क्याम्पसको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । नारदमुनी थुलुङ स्मृति रंगशाला बसाहामा हुने प्रतियोगिताको लागि कूल ५३ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा झापाको गोर्खा ब्वाइज, सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति स्पोर्टस क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव र उदयपुरको कटारी फुटवल क्लब र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहने जनाइएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद चार लाख एक हजार , ट्रफी, प्रमाण पत्र र मेडल तथा उप विजेताले नगद दुई लाख एक हजार नगद , ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने जनाईएको छ । असोज २७ गते उद्घाटन खेल आयोजक बसहा क्लब र सुनसरीको एभरेष्ट क्लवबीच हुनेछ भने प्रतियोगिताको फाईनल खेल कार्तिक ४ गते हुनेछ ।