उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट निस्किने फोहरमैलाको उचित ब्यबस्थापन हुननसक्दा स्थानीयबासी पिडित बनेका छन् । नगरपालिकाले बैकल्पिक स्थानको खोजी नगरी बस्ती छेउमा फोहर बिसर्जन गर्ने गरेको प्रती त्यसक्षेत्रका स्थानीयबासीले बिरोध जनाउदै आएका छन् । नगरले बस्ती नजिक रहेको वडा नम्बर ६ को आपँखहरे सामुदायिक वन क्षेत्रमा बजारबाट निस्किने फोहर फाल्ने गरेको छ । फोहोर व्यवस्थापन सम्बन्धी पटकपटक बुझाइएको ध्यानाकर्षण पत्रलाई बेवास्ता गरेको भन्दै स्थानीय सरोकारवालाहरुले हिजो स्थानीय युवा समाजसेवी विदुर राईको संयोजकत्वमा ४५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । साविकको वडा नम्बर २ को ७ वटै टोल बिकास समिति र वगरकोट टोल विकास समितिका आम जनता भेला भई संघर्ष समिति गठन गरिएको जनाइएको छ । विधिसम्मत आफ्नो समस्याहरु वडा र नगरपालिकामा राख्दा समेत त्यसको सुनुवाई नभएको भन्दै उनीहरुले समिति बनाएरै सो क्षेत्रमा फोहर फाल्न रोक लगाउने चेतावनी दिएका छन् । फोहरका कारण प्रदुर्शन फैलिएको र वरिपरीका बासिन्दामा स्वास्थ्य समस्या देखिएको तथा फोहरसंगै फालिएको प्लास्टिकका झोला खानाले पशुहरु मरेकोले स्वास्थ्यको निम्तिी एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको उनीहरुको भनाई छ । उनीहरुले आगामी असोज १२ गतेदेखी अब्यबस्थितरुपमा फालिदै आएको वगरकोट पारीको आँपखहरे वन क्षेत्रमा फोहर फाल्न रोक लगाउने निर्णय गरेका छन् भने जबरजस्ती गरिए जस्तोसुकै अबस्थाको सामना गर्ने पनि जनाएका छन् । यसअघि पनि बिदुर राईको नेतृत्वमा स्थानीयबासीहरुले वडाकार्यालय र नगरपालिकामा अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका थिए ।

एता नगरपालिकाले भने उचित ल्याण्डफिल्ड साईटको ब्यबस्था नगरी फोहर ब्यबस्थापनको लागि ठेक्का खालेको छ । असोज ४ गते नगरपालिकाले नगरबासीबाट सरसफाई सेवा शुल्क उठाउनेगरी ठेक्का आबहान गरेको हो । पुर्व मेयर खगेन्द्र राईको पालामा वडा नम्बर ९ ज्यामिरेस्थित वन क्षेत्रमा बनाएको ल्याण्डफिल्ड साईट त्यहाँका बासिन्दाका कारण प्रयोग हुन सकेको छैन भने स्थानीयबासीको विरोधका बाबजुद पनि नगरले बस्ती नजिकको आाँखहरे सामुदायिक वन क्षत्रेमा फोहर फालिरहेको छ ।
