मुख्य खबर

बंशिलाघाटका बाढीपीडितलाई चौदण्डीगढी नगरपालिकाको थप सहयोग ।

बंशिलाघाटका बाढीपीडितलाई चौदण्डीगढी नगरपालिकाको थप सहयोग ।

मुख्य खबर, स्थानीय
२१असोज २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले गत हप्ता असोज १२ गते दुधकोशी नदीमा आएको बाढीका कारण घरवार विहिन भएका वडा नम्बर १ बंशिलाघाटका बाढीपीडितहरुलाई थप सहयोग गरेको छ । आज नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईलाई बाढीपीडित परिवारका लागि जस्तापाता र किला हस्तान्तरण गरेका छन् । बाढीले पूर्ण बिस्थापित ३ घर परिवारलाई ३० एमएम को रंगीन जस्तापाता प्रति घर तीन वण्डलका दरले ९ वण्डल र ५ घर परिवारलाई २६ एमएमको सेतो जस्तापाता प्रति परिवार २ वण्डलका दरले १० वण्डल हस्तानतरण गरेका हुन् । नगर प्रमुख लामाले चाडवाडको मुखमा कोही पनि नागरिक घरवार विहिन वन्न नपरोस् र उनीहरुले दशैं छानामुनी मनाउन सकुन् भन्ने उदेश्यले जस्तापाता वितरण गरिएको बताएका छन् । यसअघि नगरपालिकाले १० घर वाढीपीडितहरुलाई प्रति परिवार...
चौदण्डीगढी नगरपालिका र रेडक्रस उदयपुर शाखाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता ।

चौदण्डीगढी नगरपालिका र रेडक्रस उदयपुर शाखाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता ।

मुख्य खबर, स्थानीय
१८असोज २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाबीच चौदण्डीगढी नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध् गराउने सम्बन्धी सम्झौता भएको छ । आज शुक्रवार बेल्टार बजारस्थित नगर प्रमुख कालुमान लामाको कार्यकक्षमा स्वास्थ्य सहायता कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका भित्रका विपन्न, आर्थिक अबस्था कमजोर भएका , रगतको खर्च ब्यहोर्न नसक्ने बासिन्दाका लागि आकस्मिक अबस्थामा नगरभित्रको बासिन्दाको लागि नागरिकता वा सवारी चालक अनुमतिपत्र वा मतदाता पचिय पत्र वा राष्ट्रिय परिचय पत्र लगायत प्रमाणको प्रतिलिपी पेश गरेको आधारमा रक्त संचार सेवा केन्द्र गाईघाट बोक्सेमार्फत विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने समझदारी भएको छ । सम्झौता अनुसार रेडक्रसले एक सय युनिट रगत आपूर्ती गर्ने बताइएको छ । सम्झौतामा कार्यक्रम शुरु भएको पहिलो ३ महिनापछि पहिलो किस...
बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिता असोज १५ गतेदेखी संचालन हुने ।

बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिता असोज १५ गतेदेखी संचालन हुने ।

खेलकुद, मुख्य खबर, स्थानीय
१२ असोज २०८१, सन्तोष कुमार रौनियार… २८ औं संस्करणको खसी कप प्रतियोगिता आगामी असोज १५ गतेदेखी संचालन हुने भएको छ । चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको नाम यस पटक परिमार्जित गर्दै बेल्टार दशैं कप राखिएको छ । बेल्टार बजारस्थित होटल बेलबोटमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक कल्याण चौकले प्रतियोगिताको नाम परिवर्तन गरेर बेल्टार दशैं कप राखिएको जानकारी दिएको छ ।आयोजक कल्याण चौकका सल्लाहकार बुद्ध सुप्तिहाङ्ग राईले चौक स्तरीय प्रतियोगितालाई अलिक फराकिलो बनाउने उदेश्यले प्रतियोगिताको नाम परिवर्तण गरिएको बताएका छन् । उनले यस पटकबाट प्रतियोगितामा खेलाडीलाई टिम प्रबेशमा खुल्ला गरिएको पनि जानकारी दिएका छन् । अघिल्लो पटकको विजेताले आयोजकको भमिका पाउने प्राबधानअनुसार कल्याण चौकले प्रतियोगिताको यस पटकको आयोजकको जिम्मेवारी पाएको छ । अघिल्लो ब...
बेल्टार मै ब्यापार कर राजश्व बुझाउन सकिने !

बेल्टार मै ब्यापार कर राजश्व बुझाउन सकिने !

मुख्य खबर, स्थानीय
०९ असोज २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाकास्थित ब्यापारीहरुको संगठन बेल्टार बसहा उद्योग बाणिज्य संघले ब्यापार कर राजश्व बुझाउन सहजिकरण गरेको छ । संघका अध्यक्ष गोविन्द थापाका अनुसार पान नम्बर लिएर चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र ब्यापार ब्यबसाय गरिरहेका ब्यापारीहरुले आफुले तिनुपर्ने राजश्वको कागजात बेल्टार बजारस्थित संघको कार्यालयमा भरेर लाग्ने राजश्व बेल्टार बजारस्थित राष्ट्रिय बाणिज्य बैंकमा रहेको आन्तरिक राजश्व कार्यालय उदयपुरको खातामा जम्मा गर्न सक्ने जनाएका छन् । उनले तीस लाख रुपैयाँसम्मको कारोबार गरेका ब्यापारी ब्यबसायीले बेल्टार मै राजश्व बुझाउन सक्ने बताए । यसबाट सदरमुकाम गाईघाट गएर राजश्व जम्मा गर्दा हुने हैरानीबाट बच्न सकिने र समय र पैसाको वचत पनि हुने थापाको भनाई छ । लामो समयदेखी यस क्षेत्रका ब्यापारीहरुले यस्तो ब्यबस्थाका लागि माग गर्दै आएका...
त्रियुगा नगरपालिकामा विद्युतीय चार्जिंङग् स्टेशन निर्माण हुने ।

त्रियुगा नगरपालिकामा विद्युतीय चार्जिंङग् स्टेशन निर्माण हुने ।

मुख्य खबर, स्थानीय
०७ असोज २०८१, सन्तोष कुमार रौनियार… विद्युतीय चार्जिंङग् स्टेशन निर्माणको लागि कोशी प्रदेश सरकार र उदयपुरको त्रियुगा नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय र त्रियुगा नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । आज त्रियुगा नगरपालिकाका तर्फबाट नगर प्रमुख बसन्त कुमार बस्नेत र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख कृष्ण प्रसाद राजबंशीले सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झदारी पत्रमा मन्त्रालयले चार्जिंङग् स्टेशन निर्माणको लागि आबश्यक पर्ने मेशेनरी उपकरण, प्लेटफर्म र मेशेनरी उपकरण छोप्ने ट्रस्ट निमार्ण गरी त्रियुगा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले चार्जिङ्ग स्टेशनको संचालन, मर्मत संभार तथा ब्यबस्थापनको जिम्मेबारी लिने उल्लेख छ । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उदेश्यले त्रियुगा नगरपाल...
संविधान दिवसको अवसरमा चौदण्डीगढीमा दिप प्रज्वोलन ।

संविधान दिवसको अवसरमा चौदण्डीगढीमा दिप प्रज्वोलन ।

मुख्य खबर, स्थानीय
०३ असोज २०८१, सन्तोष कुमार रौनियार… संविधान दिवस तथा राष्ट्रिय एकता दिवस, २०८१ को अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि दिप प्रज्वोलन गरी मनाइएको छ । नगरको बेल्टार बजारस्थित विपी चौक, पुष्पलाल चौक यस्तै बसहास्थित नारद आदर्श चौक लगायतका स्थानमा  आज विहिवार मैनवत्ती बालेर दिप प्रज्वोलन गरी दिवस मनाइएको छ । नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा अध्यक्षहरु, पुर्व मेयर खगेन्द्र राई लगायत राजनीतिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थितीमा दिप प्रज्वोलन गरिएको हो । चौदण्डीगढी नगरपालिकाको आयोजनामा भएको दिप प्रज्वोलन कार्यक्रमलाई बसहामा सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले अहिलेको संबिधान बिभिन्न खाले आन्दोलनको साझा उपलब्धी रहेको बताउदै राजनीतिक दलका विचारहरु फरक भए पनि विकास निमार्ण र साझा मुद्धामा नगरमा क्रियाशिल सबै राजनी...
प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा रौनियार ।

प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा रौनियार ।

मुख्य खबर, स्थानीय
२४ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेपाली कांग्रेस निकट नेपाल प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा चौदण्डीगढी नगरपालिकाका महेन्द्र प्रसाद रौनियार सर्वसम्मत चयन भएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको एक कार्यक्रममा रौनियारको नेतृत्वमा ११ सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षमा गम्भिर बहादुर राई, सचिवमा गोविन्द थापा र सदस्यहरुमा ठाकुर मगर, दल बहादुर मगर, सानुराम भुजेल, भिम प्रसाद गौतम त्यस्तै सिता मगर, मिश्रीलाल चौधरी, दिल बहादुर नेपाली र सदुर बहादुर नेपाली रहेका छन् । नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य अम्बर रेग्मीको उपस्थितीमा समिति चयन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो । ...
तीजको अवसरमा चौदण्डीगढीमा नृत्य प्रतियोगिताको आयोजना।

तीजको अवसरमा चौदण्डीगढीमा नृत्य प्रतियोगिताको आयोजना।

मुख्य खबर, स्थानीय
२१ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा देश तथा बिदेशका विभिन्न स्थानमा निराहार ब्रत बसेका महिलाहरुले सांगितिक कार्यक्रममा सहभागी भएर नाचगान गरी रमाईलो गरेका छन् । यसैक्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नगर स्तरिय महिला संजालले आज तिज बिशेष नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा नगरको बिभिन्न वडाका महिला दिदीबहिनीहरुले आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेका थिए । चौदण्डीगढी नगरपालिकाको सहयोगमा आयोजित तिज बिशेष नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले तीज हिन्दु महिलाहरुको मात्र नभएर सबै महिलाहरुको राष्ट्रिय पर्व बन्दै गएको बताएका थिए । उनले कार्यक्रमलाई नगरपालिकाको सहयोग रहेको जानकारी दिदै कार्यक्रमलाई अझै ब्यापक बनाउन नगर कार्यपालिकाले अर्को बर्षको तीज नृत्य प्रतियोगिता ...
तिजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीद्वारा अटो चालक महिलाको सम्मान ।

तिजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीद्वारा अटो चालक महिलाको सम्मान ।

मुख्य खबर, स्थानीय
१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा चार जना अटो चालक महिलाहरु सम्मानित भएका छन् । बेल्टार बजारस्थित होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा उनीहरुलाई कोशी प्रदेश सभा सदस्य सम्झना तामाङ्ग, कोशी प्रदेश सभा सदस्य राजन किराँती, संविधान सभा सदस्य मणि खम्बु लगायतले कदरपत्र र नगदसहित सम्मान गरेका थिए । सम्मान पाउनेहरुमा अटो चालक महिलाहरु उषा सुनुवार राई, मैया श्रेष्ठ, राधा विष्ट र बविता राई रहेका छन् । हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रत्येक वर्ष यसैगरी रचनात्मक तथा सृजनात्मक काम गर्दै आएकोले यस पटक पनि स्वरोजगार महिला दिदीबहिनीहरुलाई सम्मान गरिएको माओबादी केन्द्र चौदण्डीगढी नगर कमिटीकी उपाध्यक्ष हिरा थाप...
बेलका नगरपालिकाद्वारा किसान कार्ड बितरण ।

बेलका नगरपालिकाद्वारा किसान कार्ड बितरण ।

मुख्य खबर, स्थानीय
१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार… बेलका नगरपालिका नगरका किसानहरुको सहुलियतका लागि किसान कार्ड बितरण गरेको छ । नगरप्रमुख अशोक कार्कीले आज वार्ड नं २ रामनगरका लाभग्राही किसानहरुलाई एक कार्यक्रममा किसान कार्ड प्रदान गरेका छन् । बेलका नगरपालिकाको कार्यालय र राष्ट्रीय कृषक समुह महासंघको सहकार्य तथा केयर नेपालको सहयोगमा बेलका नगरपालिका वडा नं १,२ ,५ र ८ का नगरपालिकामा दर्ता भएका कृषक समुहहरु मध्ये बाट दलित महिला, कुपोषीत बच्चा भएका कृषक, भुमीहिन कृषक मध्येबाट छनौट गरी किसान कार्ड बितरण गरेको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगको दुरुपयोग पनि नहोस भन्ने हेतुले नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लाहान शाखामा कृषकको नाममा खाता खोली १४ हजार ५ सय रुपैयाँ बराबरको किसान कार्ड वितरण गरिएको सचिवालयले जनाएको छ । उक्त कार्डबाट नेपाल सरकारको नम्स अनुसार ठेक्का प्रकृयाबाट छनौट भएका भेन्डर...