प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा रौनियार ।

२४ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

नेपाली कांग्रेस निकट नेपाल प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा चौदण्डीगढी नगरपालिकाका महेन्द्र प्रसाद रौनियार सर्वसम्मत चयन भएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको एक कार्यक्रममा रौनियारको नेतृत्वमा ११ सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षमा गम्भिर बहादुर राई, सचिवमा गोविन्द थापा र सदस्यहरुमा ठाकुर मगर, दल बहादुर मगर, सानुराम भुजेल, भिम प्रसाद गौतम त्यस्तै सिता मगर, मिश्रीलाल चौधरी, दिल बहादुर नेपाली र सदुर बहादुर नेपाली रहेका छन् । नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य अम्बर रेग्मीको उपस्थितीमा समिति चयन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।