२३ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

उदयपुर र खोटाङ्ग जिल्ला जोड्ने सुनकोशी नदीस्थित बंशिलाघाटमा बेलीब्रिज राख्ने बिषयमा सकरात्मक छलफल भएको छ । प्रतिनीधि सभाका पुर्व सांसद बिशाल भट्टराईको आग्रहमा उदयपुरको चौदण्डीगढी नगरपालिकाको सभाहलमा आज बसेको चौदण्डीगढी नगरपालिका, खोटाङ्गको जन्तेढुंगा गाँउपालिका र वराहपोखरी गाँउपालिका प्रमुख र वडा अध्यक्ष लगायतका जनप्रतिनीधिहरु तथा राजनीतिक दलका नेताहरुको संयुक्त बैठकले बंशिलाघाटमा बेलीब्रिज राख्न माग गर्ने बिषयका लागि संघिय भौतिक तथा पुर्वाधार मन्त्रलायलाई पत्र पठाउने निर्णय गरेको छ । पुर्व सांसद भट्टराईले बंशिलाघाटमा बेलीब्रिज राख्ने विषयको पृष्टभुमीमाथी प्रकाश पार्दै भौतिक तथा पुर्वाधार मन्त्रलायले फोक्सिङ्गटारमा रहेको बेलीब्रिज बंशिलाघाटमा जडान निर्णय गरिसकेको तर वजेट सुनिश्चित नभएको हुनाले चौदण्डीगढी नगरपालिका र खोटाङ्गको जन्तेढुंगा गाँउपालिका र वराहपोखरी गाँउपालिकाको लागत साझेदारीमा फोक्सिङ्गटारबाट बेलीब्रिज बंशिलाघाट ढुवानी गरेर जडान गर्न आग्रह गरेका थिए । उनले अरु जिल्लाबाट पनि बेलीब्रिजको माग भैरहेकोले पहिलो पटकको लागि सबै पालिकाहरुलाई मन फराकिलो बनाएर बजेट सुनिश्चित गरेर तत्काल काम अगाडी बढाउन आग्रह गर्दै चौदण्डीगढी नगरपालिकालाई यस कार्यको नेतृत्व लिन अनुरोध गरेका थिए ।
आजको छलफलले भट्टराईको आग्रह अनुसार नै चौदण्डीगढी नगरपालिका, जन्तेढुंगा गाँउपालिका र वराहपोखरी गाँउपालिकाको संयुक्त साझेदारीमा बेलिब्रिज ढुवानीका लागि संघिय भौतिक तथा पुर्वाधार मन्त्रलायसंग अनुमति माग गर्ने सर्वसम्म्त निर्णय गरेको छ । यस्तै बेलिब्रिजको समान ढुवानी र लागत स्टिमेट तयार गर्ने र सबै पालिका तथा सरोकारवाला पक्षको उपस्थितीमा बैठकबसी लागत साझेदारी लगायतका बिषयमा थप छलफल गर्ने निर्णय गरेको छ ।
यसअघि छलफलमा बोल्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बेलिब्रिज जडान तथा संचालन गर्न एक करोडभन्दा बढी रकम लाग्ने सुनेको बताउदै आर्थिक हिसावले कतिको सहज हुने र श्रोत कसरी सुनिश्चित गर्न सकिने त्यसको पनि टुङ्गो लगाउनुपर्ने बताएका थिए । छलफलमा भाग लिदै जन्तेढुंगा गाँउपालिकाका अध्यक्ष अरुणा राई, वराहपोखरी गाँउपालिकाका उपाध्यक्ष भुगोलराज राईले पनि बेलिब्रिज निमार्णमा आफ्नो पालिकाले साझेदारी गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
लामो समयदेखी खोटाङ्गको दक्षिणी भागका बासिन्दाले बंशिलाघाटमा पुल निमार्णको माग गर्दै आएका छन् । हाल बंशिलाघाटमा मोटेरेवल पक्की पुल निमार्णधिन अबस्थामा रहेको भएता पनि १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । बेलिव्रिज भए नी जडान गरेर उदयपुर र खोटाङ्गबीच यातायात संचालन गर्न पुर्व सांसद बिशाल भट्टराईले पहल गर्दैै आएका छन् । तर बंशिलाघाटमा कोशी नदीको चौडाईका कारण बेलिब्रिज जडान कार्य सहज नरहेको पुल सेक्टर धरानले आफ्नो स्थालगत रिपोर्टमा उल्लेख गरेको बताइएको छ ।

