त्रियुगा नगरपालिकामा विद्युतीय चार्जिंङग् स्टेशन निर्माण हुने ।

०७ असोज २०८१, सन्तोष कुमार रौनियार…

विद्युतीय चार्जिंङग् स्टेशन निर्माणको लागि कोशी प्रदेश सरकार र उदयपुरको त्रियुगा नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय र त्रियुगा नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । आज त्रियुगा नगरपालिकाका तर्फबाट नगर प्रमुख बसन्त कुमार बस्नेत र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख कृष्ण प्रसाद राजबंशीले सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झदारी पत्रमा मन्त्रालयले चार्जिंङग् स्टेशन निर्माणको लागि आबश्यक पर्ने मेशेनरी उपकरण, प्लेटफर्म र मेशेनरी उपकरण छोप्ने ट्रस्ट निमार्ण गरी त्रियुगा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले चार्जिङ्ग स्टेशनको संचालन, मर्मत संभार तथा ब्यबस्थापनको जिम्मेबारी लिने उल्लेख छ ।

विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उदेश्यले त्रियुगा नगरपालिकामा विद्युतीय चर्जिंङग् स्टेशन निर्माण हुन लागेको नगर प्रमुख बसन्त कुमार बस्नेतको सचिवालयले जनाएको छ । विद्युतीय चार्जिंङग् स्टेशनको निर्माणले नगर भित्र भएका विद्युतीय सवारी साधनहरुका साथै मदन भण्डारी राजमार्ग भएर आवत जावत गर्ने विद्युतीय सवारीहरु लाई सहज हुने बताईएको छ ।