मुख्य खबर

शिक्षकले राजनीति गर्न नपाउने: चौदण्डीगढी नगर प्रमुख कालुमान लामा

शिक्षकले राजनीति गर्न नपाउने: चौदण्डीगढी नगर प्रमुख कालुमान लामा

मुख्य खबर, स्थानीय
०४ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले शिक्षकले राजनीति गर्न नपाउने बताएका छन् । बेल्टार बजारस्थित बेलबोट रिसोर्टमा आज भएको नीजि आबासीय बिद्यालय अर्गनाईजेशन, नेपाल प्याब्सनको तेश्रो चौदण्डीगढी नगर अधिबेशन तथा साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षक भएर राजनीति गर्न नपाईने धारणा राखेका हुन् । उनले स्थानीय सरकार नियम कानुन कार्यवन्यनको प्रक्रियामा रहेको जानकारी दिदै श्रम ऐन अनुसार शिक्षकलाई न्युन्तम पारिश्रमिक बैकिङ्ग प्रणालीमार्फत दिनुपर्ने तथा नियमानुसार दश प्रतिशत छात्रवृती प्रदान गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले नगरपालिकाले स्थानीय ऐन कानुन बनाएर शिक्षा सुधारको कार्य गरिरहेको जानकारी दिदै कानुन कार्यवन्यनका लागि पालिकाले घच्घच्याएको बताए । यथास्थितीमा राखेर मात्र शिक्षा क्षेत्रको सुधार सम्भव नभएको बताउदै नगर प्रमुख लामाल...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने ।

मुख्य खबर, स्थानीय
२९ मंसिर २०८१, सन्तोष कुमार रौनियार… सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा मानवीय विकास लगायत सबै क्षेत्रको विकासका लागि नगरपालिकाले योजनाबद्धरुपले काम गरिरहेको  नगर प्रमुख लामाको भनाई । ठुलो बजेटका योजनाहरु प्रदेश र संघीय सरकारको बजेटले मात्र सम्भव हुने भएकोले जनताले प्रदेश र संघीय सांसदहरुलाई पनि यस ठाँउको विकासका लागि दवाव दिनुपर्ने । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने भएको छ । संघीय सहरी विकास मन्त्रालयको झण्डै २ करोड रुपैयाँको लागतमा सो सडक कालोपत्रे हुने भएको हो । आज कसुमचौरीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सो सडकको शिलान्यास गरेका छन् । यस पटक कुसुमचौरीदेखी मकमडाँडासम्म दुई किलोमिटर लम्बाई र साढे पाँच मिटर चौडाईको प्रिमिक्स गुणस्तरको कालेपत्रे निमार्णका लागि मुल्य अभिबृद्धी कर भ्याटसहित एक करोड...
चौदण्डीगढी नगरपालिकामा एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास ।

चौदण्डीगढी नगरपालिकामा एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास ।

मुख्य खबर, स्थानीय
२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजो एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास गरिएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा सरिक हुदै सो सडकहरुको शिलान्यास गरेका हुन् । हिजो बुधवार बिहान वडा नम्बर ६ को सिर्वानीमा आयोजित कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ को खम्बु किराँती चोकदेखी नयाँ बस्ती सडक कालेपत्रे योजनाको शिलान्यास गरेका थिए भने लगतै वडा नम्बर ६ कै कालीखोलामा आयोजित कार्यक्रममा वडा नम्बर ६ को कालीखोला – औतारीथान –बेल्टार बजार हुदै वडा नम्बर ८ को कालीटार –हिलेखोला सडक कालेपत्रे योजनाको शिलान्यास थिए । त्यस्तै वडा नम्बर २ मा आयोजित कार्यक्रममा लामेचौरी – माडीबास – बुद्ध चौक सडक कालेपत्रे योजनाको शिलान्यास थिए । आर्थिक बर्ष २०८१/८२ मा छुट्टछुट्टै सडक योजनामा संघीय सरकारको शहरी...
आगलागी पीडितलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोग ।

आगलागी पीडितलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोग ।

मुख्य खबर, स्थानीय
२० मंसिर २०८१, सन्तोष कुमार रौनियार… नेपाल रेडक्रस सोसाइटी उदयपुरले घर आगलागीबाट पीडित चौदण्डीगढी नगरपालिका वडा नम्बर १ छुईला निवासी शर्मिला राईलाई गैरखाद्य राहत सामाग्री प्रदान गरेको छ । यहि मंसिर १२ गते राईको घरमा आगलागी भएपछि घर जलेर पुर्णरुपले नष्ट भएको वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईले जानकारी दिएका छन् । आज बेल्टार बजारमा राईलाई वडा अध्यक्ष सिताराम राईको उपस्थितीमा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति शम्भु पौडेलले राहात सामाग्री हस्तान्तरण गरेका थिए । राहत सामाग्रीमा त्रिपाल, भाडासेट, बाल्टिन, झुल, म्याट, डोरी, बोरा, कपडा लगायतका सामाग्री रहेको सभापति पौडेलले जानकारी दिएका छन् । ...
चौदण्डीगढी नगरपालिकामाआधा दर्जन वडा सचिवहरुको सरुवा ।

चौदण्डीगढी नगरपालिकामाआधा दर्जन वडा सचिवहरुको सरुवा ।

मुख्य खबर, स्थानीय
१३मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले आधा दर्जन वडा सचिवहरुको सरुवा गरेको छ । गत मंसिर ६ र ७ गतेको कार्यालय प्रमुख स्तरीय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको नगरपालिका श्रोतले जानकारी दिएको छ । वडा नम्बर ३ आमसाल बसहाका वडा सचिव जगदेव चौधरीको सरुवा वडा नम्बर ९ ज्यामिरेमा गरिएको छ भने वडा नम्बर ९ का वडा सचिव पुष्कल राईलाई वडा नम्बर ३ को सचिवमा पठाइएको छ । त्यस्तै वडा नम्बर ४ का वडा सचिव गुमानसिंह खड्काले पदबाट राजीनामा दिएर अबकाश लिएपछि उनको स्थानमा नगरपालिका अन्तर्गत प्रशासन शाखामा कार्यरत उपेन्द्र कार्कीलाई सचिव बनाइएको छ । यस्तै वडा नम्बर ७ का वडा सचिव हिरा कुमार सापकोटालाई नगरपालिका अन्तर्गत न्यायिक समितिमा सरुवा गरिएको छ भने न्यायिक समितिमा कार्यरत पुष्पराज सापकोटालाई वडा नम्बर ६ को वडा सचिव बनाइएको छ । यस्तै वडा नम्बर १० मै कार्यरत डम्बर बहादुर ...
चौदण्डीगढी नगरपालिकाको भिमामा कारको ठक्करबाट  १ जनाको मृत्यु , ३ जना घाईते ।

चौदण्डीगढी नगरपालिकाको भिमामा कारको ठक्करबाट १ जनाको मृत्यु , ३ जना घाईते ।

मुख्य खबर, स्थानीय
१० मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज विहान करिव ६ः४५ बजे  चौदण्डीगढी नगरपालिका वडा नम्बर ९  भिमास्थित मोहरीया चौक नजिक घर अगाडी बसेका स्थानिय ४५ बर्षिया कमलादेबी चौधरीलाई कारले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मदन भण्डारी स्मृती लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको प्रदेश १–०४००१च १३८६ नम्बरको कार रुखमा ठक्कर खाई अनियन्त्रित भई भएर आफ्नै घर अगाडीको सडकछेउको फलैचामा बसेकी चौधरीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । घाईतेलाई तत्काल उद्धार गरी आधारभुत नगर अस्पताल बेल्टारमा उपचारका लागि ल्याईएकोमा चिकित्सकले मृत घोषण गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक वविन राईले जानकारी दिएका छन् । यस्तै कारको ठक्करले आफनै घरको आगनमा काम गरिरहेकी मृतक चौधरीका आफन्त २७ बर्षीय पनावती चौधरी पनि घ...
चाडपर्वको मौलिकता हराउदै गएकोमा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख लामाद्वारा चिन्ता ब्यक्त ।

चाडपर्वको मौलिकता हराउदै गएकोमा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख लामाद्वारा चिन्ता ब्यक्त ।

मुख्य खबर, स्थानीय
१४ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले चाडपर्वको मौलिकता हराउदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । नगरपालिकाले बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नेपालीहरुको महान चाड वडा दशै, तिहार, दिपावली, नेपाल संम्वत, छठ पर्व, फाग्नुनन्द जयन्ती एवंम उधौली लगायतको चाडपर्वको उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नेपालीहरुले मनाउदै आएको चाडपर्वमो मौलिकता हराउदै गएको र कृतिमता बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । चाडपर्वहरुले हामीलाई अनुशासित बनाउने भन्दै नगर प्रमुख लामाले आजको आबश्यक्ता एकता र सह अस्तित्व रहेको र स्थानीय सरकारले यस्को नेतृत्व गर्ने पनि बताए । यस्तै नगर प्रमुख लामाले सुशासन कायम हुन सबै जना कर्तव्यनिष्ठ हुनुपर्ने बताए । सुशासनको कुरा गर्ने तर आफु जिम्मेवार नहुने हो भने उपल...
खेल प्रतियोगिताहरुलाई ब्यबस्थित बनाउन चौदण्डीगढीमा खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यवन्यन गरिने ।

खेल प्रतियोगिताहरुलाई ब्यबस्थित बनाउन चौदण्डीगढीमा खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यवन्यन गरिने ।

मुख्य खबर, स्थानीय
८ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजना हुने खेल प्रतियोगिताहरुलाई ब्यबस्थित बनाई संचालनका लागि खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यवन्यन गरिने भएको छ । चौदण्डीगढी नगर खेलकुद विकास समितिको आयोजनामा बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा समितिका अध्यक्ष नन्दु मगर, बिभिन्न खेलकुद क्लबका प्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधि, पत्रकार लगायतको उपीस्थतीमा भएको छलफलले खेलकुद क्यालेन्डर निमार्ण गरेर प्रतियोगिताका संचालन गर्ने सर्वसम्मत निर्णय गरेको हो । नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीका अनुसार नगरका सबै वडाहरुमा खेलकुद क्षेत्र बनाई संचालनमा रहेका समुह, क्लब वा संस्थाहरुले बिभिन्न समयमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको र सोको लागि नगर, वडा वा अन्य तवरबाट आर्थिक सहयोग रकम संकलन गरी प्रतियोगिता संचाल...
नेपाल प्रजातन्त्र सेनानी संघ उदयपुरको जिल्ला अबिधेशन कार्तिक २९ गते हुने ।

नेपाल प्रजातन्त्र सेनानी संघ उदयपुरको जिल्ला अबिधेशन कार्तिक २९ गते हुने ।

मुख्य खबर, स्थानीय
३ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… कांग्रेस सम्बद्ध नेपाल प्रजातन्त्र सेनानी संघ उदयपुरको जिल्ला अबिधेशन कार्तिक २९ गते हुने भएको छ । संघका उदयपुर जिल्ला सभापति महेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सदरमुकाम गाइघाटमा आज बसेको बैठकलले कार्तिक २९ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो । यसअघि यही कार्तिक १० गते अधिबेशन गर्ने मिति तोकिएको भएता पनि आजको बैठकले जिल्ला पार्टीसंगको सल्लाह र सुझावमा मिति परिवर्तन गरेको जनाएको छ । यसअघि भदौ २४ गते भएको सेनानीको जिल्ला भेलाले रौनियारको सभापतित्वमा ११ सदस्य जिल्ला तदर्थ समिति गठन गरेको थियो । समितिलाई सेनानीलाई संगठित गर्दै जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिइएको थियो । आजको बैठकमा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य अमर रेग्मी, नेपाल महिला संघका सभापति एवं कोशी प्रदेश सांसद लीला कुमारी राई, नेपाली कांग्रेसका क्षेत्रिय सभापत...
कोशी वाढीपीडितलाई ह्याबिटाट नेपाल  र हुरेन्डेक नेपालको सहयोग।

कोशी वाढीपीडितलाई ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालको सहयोग।

मुख्य खबर, स्थानीय
२४असोज २०८१, सन्तोष कुमार रौनियार… ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालको सहयोग साथै चौदण्डीगढी नगरपालिकाको सहजीकरणमा बाढी प्रभावित बंशिलाघाटका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । ह्याबिटाट नेपालका कार्यक्रम प्रबन्धक विजय प्रसाद गुप्ता र हुरेन्डेक नेपालका सल्लाहकार दुर्गा थापा स्वस्तीकको नेतृत्वमा आएको टोलीले एक कार्यक्रमको बीच चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई मंगलबार राहत सामाग्री हस्तान्तरण गरेका छन् । म्याट थान–१, ब्ल्याङकेट थान–१, त्रिपाल थान–१, डोरी १ थान रहेको आकस्मिक सेल्टर किट सेट र जस्तापाता १२ घर परिवारलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएकोमा वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईसहित ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालका प्रतिनीधिहरुले बाढीपीडित परिवारलाई बंशिलघाटमा पुगेरै राहत सामाग्री वितरण गरेका छन् । बंशिलाघाटका १० घर बाढीपीडित परिवार र अखडाका २ घर पहिरो ...