१० मंसिर २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज विहान करिव ६ः४५ बजे चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ भिमास्थित मोहरीया चौक नजिक घर अगाडी बसेका स्थानिय ४५ बर्षिया कमलादेबी चौधरीलाई कारले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मदन भण्डारी स्मृती लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको प्रदेश १–०४००१च १३८६ नम्बरको कार रुखमा ठक्कर खाई अनियन्त्रित भई भएर आफ्नै घर अगाडीको सडकछेउको फलैचामा बसेकी चौधरीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । घाईतेलाई तत्काल उद्धार गरी आधारभुत नगर अस्पताल बेल्टारमा उपचारका लागि ल्याईएकोमा चिकित्सकले मृत घोषण गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक वविन राईले जानकारी दिएका छन् ।
यस्तै कारको ठक्करले आफनै घरको आगनमा काम गरिरहेकी मृतक चौधरीका आफन्त २७ बर्षीय पनावती चौधरी पनि घाईते भएकी छिन् । उनको खुट्टामा सामान्य चोट लागेको छ भने उनको अबस्था खतरामुक्त रहेको छ । त्यस्तै कार चालक सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरका बर्ष ३२ का अम्बर दियाली र कारमा सवार बर्ष २७ का सोही स्थानका सावन खाती समेत घाईते भएका छन् । दियालीको अनुहारमा चोट लागेको छ भने खातीको शरिरमा सामान्य चोट लागेको र उनीहरु बोल्न सक्ने अबस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक चौधरीको शव आधारभुत नगर अस्पताल बेल्टारको शवगृहमा राखिएको छ भने घाईते तिनै जनालाई थप उपचारका लागि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरी निरिक्षक राईले जानकारी दिएका छन् । घटनाबारे थप अनुसंधान भै रहेको प्रहरीले जनाएको छ ।
