शिक्षकले राजनीति गर्न नपाउने: चौदण्डीगढी नगर प्रमुख कालुमान लामा

०४ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले शिक्षकले राजनीति गर्न नपाउने बताएका छन् । बेल्टार बजारस्थित बेलबोट रिसोर्टमा आज भएको नीजि आबासीय बिद्यालय अर्गनाईजेशन, नेपाल प्याब्सनको तेश्रो चौदण्डीगढी नगर अधिबेशन तथा साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षक भएर राजनीति गर्न नपाईने धारणा राखेका हुन् । उनले स्थानीय सरकार नियम कानुन कार्यवन्यनको प्रक्रियामा रहेको जानकारी दिदै श्रम ऐन अनुसार शिक्षकलाई न्युन्तम पारिश्रमिक बैकिङ्ग प्रणालीमार्फत दिनुपर्ने तथा नियमानुसार दश प्रतिशत छात्रवृती प्रदान गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले नगरपालिकाले स्थानीय ऐन कानुन बनाएर शिक्षा सुधारको कार्य गरिरहेको जानकारी दिदै कानुन कार्यवन्यनका लागि पालिकाले घच्घच्याएको बताए । यथास्थितीमा राखेर मात्र शिक्षा क्षेत्रको सुधार सम्भव नभएको बताउदै नगर प्रमुख लामाले ऐन कानुन लागु गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । नगर प्रमुख लामाले घाटामा संचालन रहेका नीजि बिद्यालयहरुलाई मर्ज गरेर राम्रो र गुणस्तरीय शिक्षा दिन सुझाव समेत दिएका छन् । यस्तै नगर प्रमुख लामाले सामुदायिक बिद्यालयको सुधारको कार्य पनि भैरहेको जानकारी दिदै न्युन्तम पारिश्रमिक सामुदायिक बिद्यालयमा पनि लागु गरिने बताएका छन् ।

यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले संघीय, प्रदेश कानुन नबनिसकेको अबस्थामा ब्यबहारिकतालाई ध्यान दिएर समवन्य गर्दै ऐन नियम लागु गर्न आग्रह गरेका थिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सनकी केन्द्रीय सचिव आशा खड्काले आफ्नै स्थानीय सरकारले जबर्जस्ती नियमकानुन लादनु अन्यायपुर्ण रहेको धारणा राखेकी थिईन् । उनले नीजि भन्नेबितिकै नकरात्मक धारणा राख्न नहुने बताउदै सहकार्य गरेर मात्रै शिक्षाको सुधार गर्न सकिने बताएकी थिईन् । राम्रो का मगर्नेलाई पुरुस्कृत र नराम्रो काम गर्नेलाई सजायको दायरामा राख्नुपर्ने बताईन् । यस्तै एमाले नेता शम्भु पौडेलले बोडिङ्ग स्कुलहरुले शिक्षाको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताउदै स्थानीय सरकारले पनि सहयोगी भुमिका खेल्नुपर्ने बताएका थिए । कार्यक्रममा नगरमा क्रियाशिल बिभिन्न राजनीतिक दलका प्रतिनीधिहरुले समेत शुभकामना दिएका थिए ।कार्यक्रम नगर प्याब्सनका अध्यक्ष सुनिल प्रधानको अध्यक्षतामा भएको थियो । 

यसैबिच प्याब्सनको तेश्रो चौदण्डीगढी नगर अधिबेशन व्राईट फ्युचर बोडिङ्ग स्कुल सिद्धिपुरका संचालक अशोक कुमार राईको अध्यक्षतामा ५ सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको छ । अधिबेशनले बुदुरलाल बिद्या निकेतन ईग्लिंस बोडिङ्ग स्कुल हडियाका नारायण प्रसाद चौधरीलाई सचिव, भुपु सैनिक संघ ईग्लिंस बोडिङ्ग स्कुल बेल्टारकी प्रीया राईलाई कोषाध्यक्ष, देउराली ईग्लिंस बोडिङ्ग स्कुल सिर्वानीका सरोजसिंह कार्की र सुकदेव मेमोरियल ईग्लिंस बोडिङ्ग स्कुल सिवाईका मनमोहनसिंह रायलाई सदस्यमा चयन गरेको छ । दुई जना सदस्य भने कार्यसमितिको पहिलो बैठकले थपचयन गर्ने बताइएको छ ।

 

आशा खड्का केन्द्रीय सचिव हुनुपर्नेमा यसअघि केन्द्रीय सदस्य भएकाले सच्याइएको छ । स.