३ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
कांग्रेस सम्बद्ध नेपाल प्रजातन्त्र सेनानी संघ उदयपुरको जिल्ला अबिधेशन कार्तिक २९ गते हुने भएको छ । संघका उदयपुर जिल्ला सभापति महेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सदरमुकाम गाइघाटमा आज बसेको बैठकलले कार्तिक २९ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो । यसअघि यही कार्तिक १० गते अधिबेशन गर्ने मिति तोकिएको भएता पनि आजको बैठकले जिल्ला पार्टीसंगको सल्लाह र सुझावमा मिति परिवर्तन गरेको जनाएको छ ।
यसअघि भदौ २४ गते भएको सेनानीको जिल्ला भेलाले रौनियारको सभापतित्वमा ११ सदस्य जिल्ला तदर्थ समिति गठन गरेको थियो । समितिलाई सेनानीलाई संगठित गर्दै जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिइएको थियो । आजको बैठकमा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य अमर रेग्मी, नेपाल महिला संघका सभापति एवं कोशी प्रदेश सांसद लीला कुमारी राई, नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, नेपाली कांग्रेस त्रियुगा नगर समितिका सभापति प्रकाश खड्का लगायत सेनानी संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।