मुख्य खबर

चौदण्डीगढी नगरपालिकामा सहकारीको अनुगमन तिव्र / १४ सहकारी खारेजीको प्रक्रियामा ।

चौदण्डीगढी नगरपालिकामा सहकारीको अनुगमन तिव्र / १४ सहकारी खारेजीको प्रक्रियामा ।

मुख्य खबर, स्थानीय
०२ माघ  २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सहकारी संस्थाहरुको अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो समय देशैभर संचालित सहरकारीहरुमा समस्या देखिरहेको अबस्थामा चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सहकारी संस्थाहरुको अनुगमनलाई तीव्र बनाएको हो । संचालक र कार्यालय नै फेला नपरेपछि नगरमा संचालित ६० वटा सहकारीमध्ये १४ वटा समस्याग्रस्त सहकारीको दर्ता खारेजीको प्रक्रियामा रहेको जानकारी दिदै नगरपालिकाको सहकारी शाखा प्रमुख बविता परियारले अन्य सहकारीहरुलाई पनि अनुगमनको दायरामा ल्याएको बताएकी छिन् । आज मात्रै प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ नेतृत्वको अनुगमन टोलीले वडा नम्बर १० स्थित युनिक वचत तथा ऋण सहकारी संस्था र मालती कृषी सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारीको खाता तन्दुरुस्त नदेखिएको, सहकारीको शेयर सदस्य नै नभएका ब्यक्तिहरुले वचत ग...
चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
०१ माघ  २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा मगर समुदायले मकर संक्रान्ती भब्यताकासाथ मनाएका छन् । वडा नम्बर ६ भुमेस्थानमा भेला भएर उनीहरुले जातीय पहिरनमा हुर्रा नाच्र्दै शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई ,वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, केशव अधिकारी, भगनाथ मगर, हरी खड्का, लुंङ्गराज राई लगायतका अतिथीहरुले भुमे स्थानको दर्शन गर्दै टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नगर प्रमुख कालुमान लामाले मगर समुदायको ऐतिहासिक अबस्थादेखीको बारेमा उल्लेख गर्दै ईतिहासकारहरुले मगरहरुको बारेमा सत्यतथ्यमा आधारित भएर नलेखेको जिकिर गरेका थिए । उनले नयाँपिढीलाई पनि आफ्नो संस्कार र संस्कृतीसंग जोड्नपर्ने बताउदै त्यसको दस्तावेजिकरण गर्नुपर्ने धारणा राखेका थिए । सोक्रममा उनल...
वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।

वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।

मुख्य खबर, स्थानीय
२७ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको वेलकामा नेपाली कांग्रेसले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । आज नेपाली काङ्ग्रेस उदयपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क कार्यसमितिको आयोजनामा वेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडेस्थित पानीपधेरा पिक्निक स्पोर्टमा भएको वृहत वनभोज तथा रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचिव तथा कार्यक्रमका संयोजक दिपेन कोयु राईले जानकारी दिएका छन् । जिल्ला रेडक्रस सोसाईटी उदयपुरको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।   यस्तै वनभोज कार्यक्रममा करिव ५ सय जना नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती रहेको संयोजक राईले बताएका छन् । नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति तथा कोशी प्रदेश सांसद हिमाल कार्की, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, कांग्रेस क्षेत्रिय ...
शिव मावि सुन्दरपुरको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न ।

शिव मावि सुन्दरपुरको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न ।

मुख्य खबर, स्थानीय
२५ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको सुन्दरपुरस्थित शिव माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आथित्यतामा तथा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खेमराज धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको ३६औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको बताएका छन् । नगर प्रमुख लामाले नगरले सिमित श्रोत र साधनका बावजुद पनि जनताको भावना र चाहनालाई मध्ये नजर गर्दै आफु निर्वाचित भएर आएपछी शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा दिर्घकालीन योजना बनाएर काम गरिरहेको बताएका हुन् । उनले शिवाई बेल्हा जोड्ने पुल भक्तिएर लथालिङ्ग भएको लामो समय हुँदा पनि यसको पुनः निर्माणले गति नलिएको भन्दै छिट्टै नेपाल सरकार...
चौदण्डीगढी नगरपालिका वडा नं. १ द्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन ।

चौदण्डीगढी नगरपालिका वडा नं. १ द्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन ।

मुख्य खबर, स्थानीय
२४  पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गरेको छ । वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गर्ने एक मात्र वडा हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीको फिंगर प्रिन्टसहितको डाटा चाहिने भएपछि वडाले पुष २१ गतेदेखी वडाको सबै गाँउ र टोलहरुलाई समेटेर घरदैलो अभियान संचालन गरेको हो । वडा सचिव भोजराज अधिकारीको सक्रियतामा वडाको कटहरबोटे, तुर्लुङ्गटार, कंचनपुर, छुईला, रानीटार, चारघरे लगायतका स्थानका बासिन्दाहरुको घर–घर मै गएर सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरण भैरहेको छ । भौगोलिक अबस्थाका कारण विकट रहेको वडा नम्बर १ का बासिन्दाहरुलाई वडा कार्यालयमा आउनुपर्दा झण्डै २ हजार रुपैयाँभन्दाबढी खर्च लाग्ने तथा यातायातको साधन सह...
क्षमता विकासका लागि चौदण्डीगढी नगरपालिकामा कार्यरत नगर प्रहरीलाई तालिम ।

क्षमता विकासका लागि चौदण्डीगढी नगरपालिकामा कार्यरत नगर प्रहरीलाई तालिम ।

मुख्य खबर, स्थानीय
१८ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा कार्यरत नगर प्रहरीहरुको क्षमता विकासका लागि नगरपालिकाले तालिमको ब्यबस्था गरेको छ । नगरपालिकाको आयोजनामा नगरमा कार्यरत नगर प्रहरीहरुको क्षमता विकास सम्बन्धी ५ दिने तालिम आजदेखी शुरु भएको हो । नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगी लगायतको उपस्थितीमा बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा तालिमको शुरुवात गरिएको हो । तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरमा शान्ति सुरक्षाको बिषयमा कहिलेकाही असहज परिस्थिती सुजना हुनेगरेको स्मरण गर्दै तालिमले ब्यबसायिक किसिमले कार्य गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका छन् । नगर प्रमुख लामाले नगरको उदेश्यअनुसार कार्य गर्नलाई तालिमले क्षमता विकासमा सहयोग प...
उपराष्ट्रपतिद्वारा सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण।

उपराष्ट्रपतिद्वारा सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण।

मुख्य खबर, स्थानीय
१५ पुष २०८१, सन्तोष कुमार रौनियार… –  शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति रामसहाय प्रसाद यादव – स्थानीय तहले राजनीतिक आग्रह पुर्वाग्रह राखेर कार्य गरेकोले शिक्षालाई स्थानीय तहमा राख्ने कि नराख्ने भन्नेमा दुबिधा भएको : संघीय सांसद डा. नारायण खड्का – तीनै तहको सरकारकोबिचमा राम्रो कोअर्डिनेशन हुन नसकेको महसुस गरेकाले त्यसलाई कोअर्डिनेशन गरेर अगाडी बढ्न्पर्नेमा जोड: नगर प्रमुख कालुमान लामा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण गरेका छन् । बिद्यालयको स्थापना भएको ५० बर्ष पुगेको अवसरमा बिद्यालय हातामा निर्मित स्वर्ण जयन्ती स्तम्भको आज अनाबरण गर्दै उपराष्ट्रपति यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराख...
चौदण्डीगढीमा काङ्ग्रेस, माओवादी केन्द्र परित्याग गरी थप १४ जना नेकपा एमालेमा प्रबेश ।

चौदण्डीगढीमा काङ्ग्रेस, माओवादी केन्द्र परित्याग गरी थप १४ जना नेकपा एमालेमा प्रबेश ।

मुख्य खबर, स्थानीय
१२ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज थप १४ जना नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले चौदण्डीगढी वडा नम्बर ३ वडा कमिटिद्वारा रमाईलो डाँडास्थित दलित भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि ११ जना र नेपाली काङ्ग्रेस परित्याग गरि ३ जनाले एमालेमा प्रबेश गरेका छन्। उनीहरुलाई एमाले उदयपुरका जिल्ला उपाध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा,जिल्ला सचिवालय सदस्य प्रकाश राउत, जिल्ला सदस्य भिम परियार, एमाले चौदण्डीगढी अध्यक्ष विकास बन्जरा, उपाध्यक्ष लुंगराज राई लगायतले टिका तथा खादा लगाएर पार्टी प्रबेश गराएका थिए । पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष लामाले पार्टी प्रबेश गरेकाहरुलाई पार्टीमा उचित स्थान दिने आश्वासन दिएका थिए । उनले चौदण्डीगढी नगर सरकारले गरेको जनहितका कार्यहरुलाई देखेर नगरब...
बेल्टार बजारमा गणतान्त्रिक स्मृति प्रतिष्ठान भवन निमार्ण हुने ।

बेल्टार बजारमा गणतान्त्रिक स्मृति प्रतिष्ठान भवन निमार्ण हुने ।

मुख्य खबर, स्थानीय
०८ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा गणतान्त्रिक स्मृति प्रतिष्ठान भवन निमार्ण हुने भएको छ । कोशी प्रदेशका सांसदद्वय राजन किराती र सम्झना तामाङले संयुक्तरुपमा आज सोमबार बिहान बेल्टार बजारमा भवनको शिलान्यास गरेका छन् । नेकपा माओवादी केन्द्रका चौदण्डीगढी नगर सचिव कुमार राईले भवन निमार्ण पश्चात भवनमा बिभिन्न किसिमका तालिम , जनचेतनामुलक कार्यक्रम तथा सामाजिक कार्य गरिने बताएका छन् । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको बजेटबाट भवन निमार्णको काम शुरु गरिने र भवन सम्पन्न गर्न थप रकम प्राप्त हुने आश्वासन प्राप्त भएको राईले बताएका छन् । भवन निमार्णका लागि ११ धुर जग्गा माहोवादीका पुर्व नेता तथा वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले उपलब्ध गराएका छन् ।...
चौदण्डीगढी नगरपालिकाले कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने ।

चौदण्डीगढी नगरपालिकाले कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने ।

मुख्य खबर, स्थानीय
०५ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयमा नीजिश्रोतका नाममा कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने प्रतिबद्धता ब्यक्त गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर शिक्षा शाखाले आज शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठले सरकारी सामुदायिक बिद्यालयमा नीजि श्रोतको शिक्षकको पारिश्रमिक विषयमा नगरपालिकाको ध्यान नपुगेको स्वीकार गर्दै उनीहरुलाई न्युन्तम पारिश्रमिक दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । रेडियो चौदण्डीगढीले सामुदायिक बिद्यालयमा नीजिश्रोत शिक्षकको नाममा ५–६ हजार रुपैयाँमा काममा लगाईरहेको बिषय उठाएको थियो । सोही बिषयलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले श्रम शोषण कसैले पनि गर्न नहुने बताउदै सामुदायिक बिद्यालयमा नीजिश्रोतमा कार्यरत शिक्षकहरुलाई पनि न्युन्...