शिव मावि सुन्दरपुरको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न ।

२५ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको सुन्दरपुरस्थित शिव माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आथित्यतामा तथा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खेमराज धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको ३६औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको बताएका छन् । नगर प्रमुख लामाले नगरले सिमित श्रोत र साधनका बावजुद पनि जनताको भावना र चाहनालाई मध्ये नजर गर्दै आफु निर्वाचित भएर आएपछी शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा दिर्घकालीन योजना बनाएर काम गरिरहेको बताएका हुन् । उनले शिवाई बेल्हा जोड्ने पुल भक्तिएर लथालिङ्ग भएको लामो समय हुँदा पनि यसको पुनः निर्माणले गति नलिएको भन्दै छिट्टै नेपाल सरकारले यसको ठेक्का सम्झौता रद्ध गरेर नयाँ पुल निर्माण थालनी गर्ने आफुले बिस्वास लिएको बताए । यस्तै नगर प्रमुख लामाले आफुले स्थानीय चुनावको बेला गरेको वाचा नभुलेको बताउदै त्यसलाई पुरा गरेर छोड्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । हडिया बेल्टार जोड्ने ज्यामिरेमा झोलुङ्गे पुल आफ्नै पालामा निर्माण गरेर छाड्ने उनले दोहर्याएका छन् । नगर प्रमुख लामाले तीन तहका सरकारको आ–आफ्नै जिम्मेवारी रहेकोले स्थानीय सरकारले आफ्नो जिम्मेवारी अनुसारको कार्य गरिरहेको बताए ।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले विद्यालयमा पछिल्लो समय आफुहरुले दरवन्दी मिलान गरेर पूर्ण गरेको भएपनि केही भौतिक संरचना निर्माण र शैक्षिक गतिविधिमा सुधारको आवस्यक्ता रहेको बताएका थिए । कार्यक्रममा बिद्यालयका पुर्व प्रध्यानाध्यापक हरि खतिवडालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँर, पुर्व वडा अध्यक्ष देव नारायण चौधरी, विद्यालयका पुर्व प्राधानाध्यपक, विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष , संस्थापक सदस्यहरु लगायतले पनि शुभकामना दिएका थिए ।