०८ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा गणतान्त्रिक स्मृति प्रतिष्ठान भवन निमार्ण हुने भएको छ । कोशी प्रदेशका सांसदद्वय राजन किराती र सम्झना तामाङले संयुक्तरुपमा आज सोमबार बिहान बेल्टार बजारमा भवनको शिलान्यास गरेका छन् । नेकपा माओवादी केन्द्रका चौदण्डीगढी नगर सचिव कुमार राईले भवन निमार्ण पश्चात भवनमा बिभिन्न किसिमका तालिम , जनचेतनामुलक कार्यक्रम तथा सामाजिक कार्य गरिने बताएका छन् । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको बजेटबाट भवन निमार्णको काम शुरु गरिने र भवन सम्पन्न गर्न थप रकम प्राप्त हुने आश्वासन प्राप्त भएको राईले बताएका छन् ।
भवन निमार्णका लागि ११ धुर जग्गा माहोवादीका पुर्व नेता तथा वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले उपलब्ध गराएका छन् ।
