०८ पुष २०८१, सन्तोष कुमार रौनियार…
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ को वडा कमिटी सर्वसम्मत चयन भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथ्यतामा हिजो आईतवार केचुवामा सम्पन्न तेस्रो वडा अधिवेशनले ३१ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरेको हो । युवा संघ वडा कमिटीको अध्यक्षमा हेमन्त यादव, उपाध्यक्षमा मौसम परियार, सचिवमा निदिन विश्वकर्मा, सह–सचिवमा सपना लुवागुन त्यस्तै कोषाध्यक्ष रिता मगर श्रेष्ठ, युथ फोर्स प्रमुखमा मनिस श्रेष्ठ र साईबर सर्कल प्रमुखमा सम्झना बिक चयन भएको राष्ट्रिय युवा संघ उदयपुरका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।
कार्यक्रममा एमाले उदयपुर जिल्ला कमिटी सदस्य भिम परियार, राष्ट्रिय युवा संघका चौदण्डीगढी नगर कमिटी अध्यक्ष भुवन राई लगायतको उपस्थिती रहेको थियो ।