वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।

२७ पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको वेलकामा नेपाली कांग्रेसले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । आज नेपाली काङ्ग्रेस उदयपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क कार्यसमितिको आयोजनामा वेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडेस्थित पानीपधेरा पिक्निक स्पोर्टमा भएको वृहत वनभोज तथा रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचिव तथा कार्यक्रमका संयोजक दिपेन कोयु राईले जानकारी दिएका छन् । जिल्ला रेडक्रस सोसाईटी उदयपुरको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 

यस्तै वनभोज कार्यक्रममा करिव ५ सय जना नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती रहेको संयोजक राईले बताएका छन् । नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति तथा कोशी प्रदेश सांसद हिमाल कार्की, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, कांग्रेस क्षेत्रिय सभापति खगेन्द्र राई, पुर्व जिल्ला सभापति विदुर बस्नेत लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको राईले जानकारी दिएका छन् ।