१२ पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज थप १४ जना नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले चौदण्डीगढी वडा नम्बर ३ वडा कमिटिद्वारा रमाईलो डाँडास्थित दलित भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि ११ जना र नेपाली काङ्ग्रेस परित्याग गरि ३ जनाले एमालेमा प्रबेश गरेका छन्। उनीहरुलाई एमाले उदयपुरका जिल्ला उपाध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा,जिल्ला सचिवालय सदस्य प्रकाश राउत, जिल्ला सदस्य भिम परियार, एमाले चौदण्डीगढी अध्यक्ष विकास बन्जरा, उपाध्यक्ष लुंगराज राई लगायतले टिका तथा खादा लगाएर पार्टी प्रबेश गराएका थिए ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष लामाले पार्टी प्रबेश गरेकाहरुलाई पार्टीमा उचित स्थान दिने आश्वासन दिएका थिए । उनले चौदण्डीगढी नगर सरकारले गरेको जनहितका कार्यहरुलाई देखेर नगरबासीमा एमालेप्रति आकर्षण बढीरहेको दावी गरेका थिए । पछिल्लो समयमा एमाले पार्टी प्रबेश गर्नेहरु चौदण्डीमा बढेका छन् । यसअघि पनि सयौको संख्यामा बिभिन्न पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्यागगरी एमालेमा प्रबेश गरेका थिए ।
