मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी विजयी ।
२ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजोदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ६ सिर्वानीले वडा नम्बर ५ सुन्दरपुरलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलमा सिर्वानीका जर्सी नम्बर १४ का खेलाडी सन्तराज राईले खेलको ७२ औं मिनेटमा गरेको गोल नै निर्णयक भएपछि सिर्वानी विजयी भएको हो । प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै टिमले गोल गर्न सकेनन् भने खेलको दोश्रो हापको ७२ औं मिनेटमा सन्तराज राईले सिर्वानीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ८० मिनेटमा खेलमा त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि सिर्वानी १–० गोल अन्तरले विजयी भएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् ।
आजको खेलको म्यान ...









